मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ।

आईपीएलको १८औं संस्करणको तेस्रो खेलमा चेन्नर्ईले मुम्बईलाई चार विकेटले पराजित गर्दै विजयी सुरूवात गरेको हो।

कप्तान ऋतुराज गायकवाड र ओपनर रचिन रविन्द्रको अर्धशतकमा चेन्नाई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको हो।

मुम्बईले दिएको १५६ रनको लक्ष्य चेन्नर्ईले ६ विकेट गुमाएर १९.१ ओभरमा पूरा ग¥यो। उसका लागि ओपनर रचिन रविन्द्र ६५ रन बनाउँदै नट आउट रहे।

कप्तान ऋतुराज गायकवाडले २६ बलमा ६ चौका र ३ छक्का प्रहार गरी ५३ रन बनाए । रवीन्द्र जडेजा १७ रन बनाएर नट आउट रहे। चेन्नाईका अन्य ब्याटर चल्न सकेनन्।

महेन्द्रसिंह धोनीले दुई बल मात्रै खेले तर रन बनाउन सकेनन्। बलिङतर्फ मुम्बईका विग्नेश पुथुरले तीन तथा दीपक चाहर विल ज्याक्सले एक÷एक विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको मुम्बईका लागि तिलक वर्माले सर्वाधिक ३१ रन बनाए। कप्तान सूर्यकुमार यादवले २९ रन बनाए।

बलिङतर्फ चेन्नर्ईका नूर अहमदले ४, खलिल अहमदले तीन ‍तथा नाथन इलिस र रविचन्द्रन आश्विनले एक÷एक विकेट लिए। आईपीएलमा सोमबार दिल्ली क्यापिटल्स र लखनऊ सुपर जायन्ट्स खेल्दैछन्।





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]