मुम्बई शीर्ष स्थानमा

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ।

गएराती सम्पन्न खेलमा राजस्थान रोयल्सलाई १०० रनले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो।

मुम्बईले दिएको २१८ रनको लक्ष्य पछाएको राजस्थान १६.१ ओभरमा केवल ११७ रनमा अल आउट भएको थियो। राजस्थानका लागो जोफ्रा आर्चरले सर्बाधिक ३० रन बनाए भने रियान परागले १६ रन बनाएका थिए।

त्यस्तै मुम्बईका बलर ट्रेन्ट बोल्ट र कर्ण शर्माले ३-३ तथा जसप्रित बुमराहले २ विकेट लिएका थिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउदै २१७ रन बनाएको थियो। मुम्बईका लागि रयान रिकेलटनले ६१, रोहित शर्माले ५३ तथा सूर्यकुमार यादव र हार्दिक पाण्डेयले ४८-४८ रन बनाएका थिए।

यो जितपछि मुम्बई ११ खेलमा ७ जित र ४ हारसहित १४ अंक भएको छ र शीर्ष स्थानमा उक्लिएको छ। त्यस्तै राजस्थानको प्लेअफको सम्भावना भने समाप्त भएको छ। राजस्थानको ११ खेलमा ३ जित र ८ हारसहित ६ अंक रहेको छ।





थप समाचार

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]

नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौँ। थाइल्याण्डमा जारी आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपालले आज (मंगलबार) हङकङ चाइनाविरुद्ध खेल्दैछ। नेपाली समय अनुसार यी […]