मुम्बई शीर्ष स्थानमा

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ।

गएराती सम्पन्न खेलमा राजस्थान रोयल्सलाई १०० रनले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो।

मुम्बईले दिएको २१८ रनको लक्ष्य पछाएको राजस्थान १६.१ ओभरमा केवल ११७ रनमा अल आउट भएको थियो। राजस्थानका लागो जोफ्रा आर्चरले सर्बाधिक ३० रन बनाए भने रियान परागले १६ रन बनाएका थिए।

त्यस्तै मुम्बईका बलर ट्रेन्ट बोल्ट र कर्ण शर्माले ३-३ तथा जसप्रित बुमराहले २ विकेट लिएका थिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउदै २१७ रन बनाएको थियो। मुम्बईका लागि रयान रिकेलटनले ६१, रोहित शर्माले ५३ तथा सूर्यकुमार यादव र हार्दिक पाण्डेयले ४८-४८ रन बनाएका थिए।

यो जितपछि मुम्बई ११ खेलमा ७ जित र ४ हारसहित १४ अंक भएको छ र शीर्ष स्थानमा उक्लिएको छ। त्यस्तै राजस्थानको प्लेअफको सम्भावना भने समाप्त भएको छ। राजस्थानको ११ खेलमा ३ जित र ८ हारसहित ६ अंक रहेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy