नेत्रहिन क्रिकेट संघको अध्यक्षमा घिमिरे

नेत्रहिन क्रिकेट संघ नेपालको अध्यक्षमा पवन घिमिरे र महासचिवमा अमृत बराल निर्वाचित भएका छन् ।

संघको बिहिबार सम्पन्न सत्रौं साधारण सभा एबम छौठौ अधिबेशनले ११ सदस्यिय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । निर्वाचित महासचिव बराल प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य समेत हुन् । त्यसै गरी संघको उपाध्यक्षमा गिता पौडेल, कोषाध्यक्षमा उपेन्द्र श्रेष्ठ र सचिबमा निलकण्ठ तिमिल्सेना निर्वाचित भएको संघले जनाएको छ ।

त्यसै गरी दृष्टिबिहिन महिला क्रिकेट खेललाई थप उचाईमा पुर्‍याउन समिक्षा ज्ञवालीको सयोजकत्वमा ५ सदस्य महिला समिति समेत गठन गरेको छ । आगामी तिन वर्षका गठित महिला समितिको सदस्यमा मुना अर्याल, भगवती अमगाई, शुसिला चौधरी र सरिता घिमिरे रहेका छन् ।

अधिवेशनले निति तथा भाबि कार्यक्रम पारित समेत गरेको संघले जनाएको छ ।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]