५८ लाख कुल लागतको ‘नेक्सस कप’ आयोजना हुने

  • विकेटनेपाल – भक्तपुर, ५ फागुन ।

नेक्सस क्रिकेट एकेडेमीको आयोजना आगामी चैत्र १५ गते देखि बैशाख ५ गतेसम्म ‘नेक्सस कप २०७३ ‘ यु-१६ टि-२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ l

शो-बिज स्पोर्ट्स प्रालिको सहकार्यमा संचालन हुने प्रतियोगितामा देशभरका क्रिकेट एकेडेमी तथा क्लबहरुबाट न्युनतम ३२ वटा टिम सहभागी हुनेछन् l

नक-आउटको आधारमा संचालन हुने प्रतियोगिताको बिजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख नगद प्राप्त गर्नेछन् l प्रतियोगिताको अनुमानित कुल लागत करिब ५८ लाख रुपैया रहेको एन.सी.ए का अध्यक्ष भरत कुमार शाहीले जानकारी दिनुभएको छ l प्रतियोगिताको म्यान अफ द सिरिज लाई रु. २० हजार, इर्मजीङ प्लेअरलाई १५ हजार तथा वेस्ट बलर र ब्याट्सम्यानलाई रु. १० हजार प्रदान गरिनेछ l

प्रतियोगितामा चार समुह बनाई हरेक पुलमा ८ टिमहरु हुने र हरेक टिमले लिंग चरणमा ७/७ खेलहरु खेल्नेछन् ।

प्रतियोगितामा यू–१६ का मात्र खेलाडीहरु सहभागि गराउने उद्देश्यले संचालन गरिएकोले सो प्रतियोगितामा उमेर प्रमाणितका लागि कक्षा ८ को जिल्लास्तरीय परिक्षाको प्रमाणपत्र वा लब्धांक पत्रमा उल्लेखित जन्म मिति र बोन टेस्ट रिपोर्टलाई आधार मानिनेछ।

प्रतियोगितामा सहभागी टिमहरुलाई आयोजकको तर्फबाट आवासको ब्यवस्था गरिने बताईएको छ।

प्रतियोगिता संचालन समितिको संरक्षक आर वि कुटवाल हुनुहुन्छ भने सात सदस्यीय सल्लाहकार समिति रहेको छ । त्यस्तै अध्यक्ष भरत कुमार शाहीको संयोजकत्वमा ११ सदस्यीय मूल आयोजक समिति बनाइएको छ । त्यस्तै विभिन्न ६ वटा उपसमिति जस्तै प्राविधिक उपसमिति, प्रचार प्रसार उपसमिति, अर्थ ब्यवस्थापन उपसमिति, आवास ब्यवस्थापन उपसमिति, प्रतियोगिता संचालन तथा ब्यवस्थापन उपसमिति र खेलमैदान ब्यबस्थापन उपसमिति गठन गरिएको छ । जसमा संयोजकहरु क्रमशः रबिन्द्र गुप्ता,अरुण देव जोशी,यूवराज गिरी,शामसन जंग थापा,अरुण कुमार अर्याल र अजय पाँडे रहनु भएको जानकारी गराइएको छ ।

https://www.youtube.com/watch?v=5V2uQZKMQN8

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy