५८ लाख कुल लागतको ‘नेक्सस कप’ आयोजना हुने

nexus cup cricket
  • विकेटनेपाल – भक्तपुर, ५ फागुन ।

नेक्सस क्रिकेट एकेडेमीको आयोजना आगामी चैत्र १५ गते देखि बैशाख ५ गतेसम्म ‘नेक्सस कप २०७३ ‘ यु-१६ टि-२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ l

शो-बिज स्पोर्ट्स प्रालिको सहकार्यमा संचालन हुने प्रतियोगितामा देशभरका क्रिकेट एकेडेमी तथा क्लबहरुबाट न्युनतम ३२ वटा टिम सहभागी हुनेछन् l

नक-आउटको आधारमा संचालन हुने प्रतियोगिताको बिजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख नगद प्राप्त गर्नेछन् l प्रतियोगिताको अनुमानित कुल लागत करिब ५८ लाख रुपैया रहेको एन.सी.ए का अध्यक्ष भरत कुमार शाहीले जानकारी दिनुभएको छ l प्रतियोगिताको म्यान अफ द सिरिज लाई रु. २० हजार, इर्मजीङ प्लेअरलाई १५ हजार तथा वेस्ट बलर र ब्याट्सम्यानलाई रु. १० हजार प्रदान गरिनेछ l

प्रतियोगितामा चार समुह बनाई हरेक पुलमा ८ टिमहरु हुने र हरेक टिमले लिंग चरणमा ७/७ खेलहरु खेल्नेछन् ।

प्रतियोगितामा यू–१६ का मात्र खेलाडीहरु सहभागि गराउने उद्देश्यले संचालन गरिएकोले सो प्रतियोगितामा उमेर प्रमाणितका लागि कक्षा ८ को जिल्लास्तरीय परिक्षाको प्रमाणपत्र वा लब्धांक पत्रमा उल्लेखित जन्म मिति र बोन टेस्ट रिपोर्टलाई आधार मानिनेछ।

प्रतियोगितामा सहभागी टिमहरुलाई आयोजकको तर्फबाट आवासको ब्यवस्था गरिने बताईएको छ।

प्रतियोगिता संचालन समितिको संरक्षक आर वि कुटवाल हुनुहुन्छ भने सात सदस्यीय सल्लाहकार समिति रहेको छ । त्यस्तै अध्यक्ष भरत कुमार शाहीको संयोजकत्वमा ११ सदस्यीय मूल आयोजक समिति बनाइएको छ । त्यस्तै विभिन्न ६ वटा उपसमिति जस्तै प्राविधिक उपसमिति, प्रचार प्रसार उपसमिति, अर्थ ब्यवस्थापन उपसमिति, आवास ब्यवस्थापन उपसमिति, प्रतियोगिता संचालन तथा ब्यवस्थापन उपसमिति र खेलमैदान ब्यबस्थापन उपसमिति गठन गरिएको छ । जसमा संयोजकहरु क्रमशः रबिन्द्र गुप्ता,अरुण देव जोशी,यूवराज गिरी,शामसन जंग थापा,अरुण कुमार अर्याल र अजय पाँडे रहनु भएको जानकारी गराइएको छ ।





थप समाचार

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]

छैठौं पटक अस्ट्रेलियालाई विश्वकप उपाधि

अस्ट्रेलियाले छैठौं पटक पुरुष एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ। प्रतियोगिताको अघिल्लो सबै १० खेल जित्दै अपराजित रहेको घरेलु टोलि […]

महिला टी-२० सिरिज : नेपालद्धारा जापान ४५ रनले पराजित

चार देश सम्मिलित महिला टि-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले […]