निष्ट एनपिएल २ः सिद्धार्थ च्याम्पीयन

सीताराम ओझा, धनगढी फागुन २० गते

धनगढीको सिद्धार्थ सिसु सदनले निष्ट लिटिल फ्लावर प्रिमियर लिगको उपाधिमाथि कव्जा जमाएको छ । आज धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको उपाधि भिडन्तमा कञ्चनपुरको लिटिल वुद्धमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै सिद्धार्थ च्याम्पीयन वनेको हो ।

विजेता सिद्धार्थले नगद ५० हजार हात पारेको छ भने उपविजेता लिटिल वुद्धले नगद २५ हजार हात पा¥यो ।

कञ्चनपुरको लिटिल वुद्धले टस जित्दै पहिले व्याटिङ गरेर १७.५ ओभरमा सवै विकेट गुमाउँदै ७७ रन मात्रै वनाउन सक्यो । रमेश भट्टले १५ र भीम सार्कीले १४ रन वनाउनु वाहेक अरुले अरुले दोहोरो रन अंक वटुल्न सकेनन् ।

लिटिल वुद्धलाई कम रनमै समेट्ने क्रममा सिद्धार्थका लागि दिपेन्द्र थापा र किरण ठगुन्नाले २÷२ विकेट लिए । ७८ रनको लक्ष्य लिएर मैदान उत्र्रिएको सिद्धार्थले १०.३३ ओभरमा एक विकेट गुमाएर लक्ष्य भट्टायो ।

सहज जितका लागि किरण ठगुन्नाले अर्धशतकीय पारी सहित ५४ रन वनाए । दिपेन्द्र थापाले २० रनको योगदान दिए । लिटिल वुद्धका लागि विकास आग्रीले एक मात्रै विकेट लिए । खेलको म्यान अफ द म्याच भए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी सिद्धार्थ सिसु सदनका दिपेन्द्र थापा, उत्कृष्ट व्याट्सम्यान लिटिल वुद्धका रमेश भट्ट, उत्कृष्ट वलर सिद्धार्थका खड्ग वोहोरा र उदयमान खेलाडी विज्डम एकेडेमीका भए ।

धनगढीको लिटिल फ्लावर ईङलिस स्कुलको आयोजनामा फागुन १५ गतेदेखि सुरु भएको निष्ट लिटिल फ्लावर प्रिमियर लिगको दोस्रो संस्करणका विजयी खेलाडीहरुलाई एक कार्यक्रमको विच नगद तथा पुरस्कार वितरण गरिएको छ ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई प्रतियोगिताको मुख्य प्रायोजक निष्ट कलेजका संस्थापक प्रिन्सिपल तथा निष्ट फाउण्डेसनका अध्यक्ष डाक्टर माधव प्रसाद वरालले पुरस्कार वितरण गरे ।

प्रतियोगिताको तेस्रो संस्करणको नगद पुरस्कार राशी वढाउने र विद्यालय स्तरीय क्रिकेट प्रतियोगितालाई अझ उत्कृष्ट रुपमा आयोजना गर्ने प्रतियोगिताका संयोजक रामचन्द्र शाहीले समाप समारोहमा घोषणा गरे ।





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]