लखनउ र पञ्जाव भिड्दै

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै छ।

आज लखनउ सुपर जाइन्ट र पञ्जाव किंग्सबीच खेल हुँदै छ। लखनउस्थित अटलविहारी बाजपेयी क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि सुरु हुँदै छ।

जारी आइपिएलमा लखनउले २ खेलमा एक जित र एक हार बेहोरेको छ। लखनउ पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग हार बेहोरेको थियो भने दोस्रो खेलमा सनराइजर्स हैदरावादलाई पराजित गरेको थियो।

त्यस्तै पञ्जाव किंग्सले पहिलो खेलमा गुजरात टाइटन्सलाई पराजित गर्दै विजयी सुरुवात गरेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy