राजस्थानविरुद्ध बैंग्लुरुको सानदार जित

२०८१ चैत्र ३०, आईतवार २०:०७

काठमाडौं। रोयल्स च्यालेन्जर्स बैंग्लुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्समाथि सानदार जित हासिल गरेको छ।

आइतबार सम्पन्न खेलमा बैंग्लुरु नौ विकेटले विजयी भएको हो।

राजस्थानले प्रस्तुत गरेको १७४ रनको लक्ष्य पछ्याएको बैंग्लुरुले १७.३ ओभरमा एक विकेट गुमाउँदै १७५ रन बनाएको हो। बैंग्लुरुका ओपनर फिल साल्टले सर्वाधिक ६५ रनको योगदान दिए। ३३ बल गरेका उनले पाँच चौका र ६ छक्का प्रहार गरे।

अर्का ओपनर कोहलीले अविजित रहँदै ४५ बलमा चार चौका र दुई छक्कासहित ६३ रन बनाए। कोहलीको यो सिजन दोस्रो अर्धशतक हो। यसअघि उनले कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा अविजित ५९ रन बनाएका थिए।

साल्ट र कोहलीबीच पहिलो विकेटका लागि ९२ रनको साझेदारी भएको थियो। यस्तै, देवदत्त पडिक्कल ४० रनमा अविजित रहे। २८ बल खेलेका उनले पाँच चौका र एक छक्कासहित ४० रन बनाए।

राजस्थानका कुमार कार्तिक्याको नाममा एक विकेट रह्यो। त्यसअघि सवाई मानसिंह स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १७३ रनको योगफल तयार गरेको थियो।

राजस्थानका ओपनर यशवी जैशवालले सर्वाधिक ७५ रन बनाए। ४७ बल खेलेका उनले १० चौका र दुई छक्का प्रहार गरे। रियान परागले २२ बलमा तीन चौका र एक छक्कासहित ३० रनको योगदान दिए। कप्तान सञ्जु सामसन १५ रनमा आउट हुँदा धुर्व जिरेल ३५ रनमा अविजित रहे।

बैंग्लुरुका भुवनेश्वर कुमार, यश दयाल, जोश हजलउड र कुर्णाल पाण्ड्याको नाममा समान एक विकेट रह्यो।

जितसँगै तेस्रो स्थानमा फर्किएको बैंग्लुरुले ६ खेलबाट आठ अंकपुर्‍याएको छ। समान खेलबाट राजस्थान चार अंकसहित सातौं स्थानमा छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy