राजस्थानविरुद्ध बैंग्लुरुको सानदार जित

काठमाडौं। रोयल्स च्यालेन्जर्स बैंग्लुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्समाथि सानदार जित हासिल गरेको छ।

आइतबार सम्पन्न खेलमा बैंग्लुरु नौ विकेटले विजयी भएको हो।

राजस्थानले प्रस्तुत गरेको १७४ रनको लक्ष्य पछ्याएको बैंग्लुरुले १७.३ ओभरमा एक विकेट गुमाउँदै १७५ रन बनाएको हो। बैंग्लुरुका ओपनर फिल साल्टले सर्वाधिक ६५ रनको योगदान दिए। ३३ बल गरेका उनले पाँच चौका र ६ छक्का प्रहार गरे।

अर्का ओपनर कोहलीले अविजित रहँदै ४५ बलमा चार चौका र दुई छक्कासहित ६३ रन बनाए। कोहलीको यो सिजन दोस्रो अर्धशतक हो। यसअघि उनले कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा अविजित ५९ रन बनाएका थिए।

साल्ट र कोहलीबीच पहिलो विकेटका लागि ९२ रनको साझेदारी भएको थियो। यस्तै, देवदत्त पडिक्कल ४० रनमा अविजित रहे। २८ बल खेलेका उनले पाँच चौका र एक छक्कासहित ४० रन बनाए।

राजस्थानका कुमार कार्तिक्याको नाममा एक विकेट रह्यो। त्यसअघि सवाई मानसिंह स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १७३ रनको योगफल तयार गरेको थियो।

राजस्थानका ओपनर यशवी जैशवालले सर्वाधिक ७५ रन बनाए। ४७ बल खेलेका उनले १० चौका र दुई छक्का प्रहार गरे। रियान परागले २२ बलमा तीन चौका र एक छक्कासहित ३० रनको योगदान दिए। कप्तान सञ्जु सामसन १५ रनमा आउट हुँदा धुर्व जिरेल ३५ रनमा अविजित रहे।

बैंग्लुरुका भुवनेश्वर कुमार, यश दयाल, जोश हजलउड र कुर्णाल पाण्ड्याको नाममा समान एक विकेट रह्यो।

जितसँगै तेस्रो स्थानमा फर्किएको बैंग्लुरुले ६ खेलबाट आठ अंकपुर्‍याएको छ। समान खेलबाट राजस्थान चार अंकसहित सातौं स्थानमा छ।





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]