बैंगलुरुको लगातार दोस्रो जित

काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिगमा लगातार दोस्रो जित हासिल गरेको छ।

गएराती सम्पन्न खेलमा बैंगलुरुले चेन्नई सुपर किंग्सलाई ५० रनले पराजित गरेको हो।

बैंगलुरुले दिएको १९७ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाउँदै १४६ रन बनाएको थियो।

चेन्नईका लागि रचिन रविन्द्रले सर्बाधिक ४१ रन बनाए भने महेन्द्र सिंह धोनीले ३० र रविन्द्र जडेजाले २५ रन बनाए। त्यसैगरी आरसीबिका बलर जोश हजेलवूडले ३ विकेट लिए भने यश दयाल र लियाम लिभिङस्टोनले २(२ विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको रोयल च्यालेन्जर्सले २० ओभरमा ७ विकेट गुमाउँदै १९६ रन बनाएका थियो।

रोयल च्यालेन्जर्सका लागि कप्तान रजत पाटीदारले सर्बाधिक ५१ रन बनाए भने फिल साल्टले ३२, विराट कोहलीले ३१, देवदत्त पाडिकलले २७ र टिम डेभिडले महत्वपूर्ण २२ रन बनाएका थिए। चेन्नईका बलर नूर अहमदले ३ विकेट लिए भने माथीशा पाथिरानाले २ विकेट लिएका थिए।

बैंगलुरुले लगातार दोस्रो जित हासिल गरेको छ भने आफ्नो पहिलो खेल जितेको चेन्नईले दोस्रो खेलमा हार बेहोरेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy