वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ।

राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार पारी खेल्दै गुजरात टाइटन्सलाई आठ विकेटले पराजित गर्दै राजस्थानको जितको खडेरी अन्त्य गरेका हुन्।

राजस्थानका कप्तान रियान परागले टस जितेर गुजरातलाई पहिलो ब्याटिङको निम्तो दिएका थिए। शुभमन गिलले ५० बलमा ८४ रन बनाए भने जोस बटलरले ५० रन बनाउँदै राजस्थानलाई २१० रनको विशाल लक्ष्य दिएका थिए।

जवाफमा जयसवाल र वैभवले पहिलो विकेटका लागि १२ ओभरमा १६६ रनको साझेदारी गरे। वैभवले ३५ बलमा शतक बनाउन सफल भए, जुन आइपिएलमा दोस्रो सबैभन्दा छिटो शतक हो। अन्त्यमा जयसवालले ७० र रियान परागले ३२ रनको योगदान दिँदै १५.५ ओभरमा दुई विकेट गुमाउँदै २१२ रन बनाएर टिमलाई आठ विकेटको जित दिलाए।

गुजरातले खेल जितेको भए अंक तालिकामा रोयल्स च्यालेन्जर्स बैंग्लुरुलाई उछिनेर पहिलो स्थान हासिल गर्न सक्थ्यो। तर, राजस्थानका ब्याट्सम्यानले त्यसो हुन दिएनन्।

गुजरातले यस सिजन नौ खेलमा ६ जित र तीन हार बेहोरेको छ। पञ्जाब किंग्स (११ रन), लखनउ (६ विकेट), राजस्थान (८ विकेट) सँग तीन हार बेहोरेको थियो। गुजरातले पनि सिजनमा लगातार चार खेल जितेको थियो।

लगातार पाँच हार बेहोरेपछि राजस्थानले अन्ततः जितको स्वाद चाख्न पाएको छ। यस सिजनमा चेन्नई सुपर किंग्स र पञ्जाब किंग्सलाई हराएको राजस्थानले जयपुरको मैदानमा गुजरातलाई पनि हराएको थियो।





थप समाचार

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]

नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौँ। थाइल्याण्डमा जारी आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपालले आज (मंगलबार) हङकङ चाइनाविरुद्ध खेल्दैछ। नेपाली समय अनुसार यी […]