वर्षा बाधक बन्दा सत्य साई र सरस्वती स्कूल संयुक्त रूपमा विजेता

२०८२ जेष्ठ १४, मंगलवार ०८:४९

काठमाडौं । वर्षा बाधक हुँदा टोखा नगरपालिका स्तरीय क्रिकेट कपको उपाधि श्री सत्य साई शिक्षासदन र श्री सरस्वती हाई स्कूलले संयुक्त रूपमा जितेका छन्।

सेभ एन्ड सस्टेन र टोखा नगरपालिकाको संयुक्त आयोजनामा आयोजनामा भएको प्रतियोगिताको फाइनल खेल वर्षाले सम्भव नभएपछि फाइनल पुगेका दुई टोली श्री सत्य साई शिक्षासदन र श्री सरस्वती हाई स्कूललाई संयुक्त रूपमा विजेता घोषित घोषित हुँदै उपाधी जितेका हुन्।

टि-१० फर्म्याटमा आयोजित प्रतियोगिता जेठ ५ गतेदेखि ११ गतेसम्म टोखा नगरपालिका खुलामञ्च भुतखेलमा भएको थियो।

क्रिकेट प्रतियोगितामा टोखा नगरपालिकाका १० विद्यालयको सहभागी रहेको थियो। प्रतियोगिताको उद्घाटन र समापन समारोहमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान एवं नेपाल क्रिकेट संघका सचिव पारस खड्का प्रमुख अतिथिका रूपमा उपस्तिथि थिए।

प्रतियोगितामा सहभागी १० टिमलाई दुई समुहमा विभाजन गरि टि-१० फ्रम्याटमा प्रतिस्पर्धा गराइएको थियो। समूह ए मा एपी स्कूल, श्री सत्य साई शिक्षासदन, त्रियोग हाई स्कूल, काठमाडौं यूरो स्कूल र प्यारामाउन्ट एकेडेमी रहेका थिए। त्यसैगरी समूह बी मा एपी च्यालेन्जर्स, सरस्वती हाई स्कूल, डिभाइन स्कूल, त्रिवेणी सदन इंग्लिश सेकन्डरी स्कूल र नितेन मेमोरियल स्कूल रहेका थिए। समुह चरणमा प्रत्येकल्र टोलीले चार–चार खेल खेलेका थिए।

प्रतियोगिताको उत्कृष्ट खेलाडी सौरभ गोइत घोषित हुँदा उत्कृष्ट ब्याटर अनिश खड्का चुनिएका थिए। त्यसैगरी उत्कृष्ट बलर आशीष मण्डल चुनिदा प्रतियोगिताको उदीयमान खेलाडी प्रशिष के.सी. घोषित भए।

विजेता टोली र उत्कृष्ट खेलाडीहरुलाई पुर्व कप्तान पारस खड्काले पुरस्कार प्रदान गरेका थिए।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy