बैंग्लुरुको लजास्पद हार

काठमाडौं। गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंग्लुरुलाई पराजित गरेको छ।

बुधबार सम्पन्न खेलमा गुजरात आठ विकेटले विजयी भएको हो।

बैंग्लुरुले दिएको १७० रनको लक्ष्य गुजरातले १७.५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको हो।

गुजरातका बटलरले अविजित रहँदै सर्वाधिक ७३ रन बनाए। ३९ बल खेलेका उनले पाँच चौका र ६ छक्का प्रहार गरे।

शाई सुदर्शन ४९ र कप्तान सुभमन गिल १४ रनमा आउट हुँदा शेर्फेन रदरफोर्ड ३० रनमा अवजिति रहे।

बैंग्लुरुका भुवनेश्वर कुमार र जोश हेजलवुडको नाममा समान एक विकेट रह्यो।

त्यसअघि एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको बैंग्लुरुले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६९ रन बनाएको थियाे।

बैंग्लुरुका लिभिङस्टोनले सर्वाधिक ५४ रन बनाए। ४० बल खेलेका उनले एक चौका र पाँच छक्का प्रहार गरे। जीतेश शर्माले २१ बलमा पाँच चौका र एक छक्कासहित ३३ रन बनाए।

टिम डेभिड ३२, फिल साल्ट १४ र कप्तान रजत पाटिदार १२ रनमा आउट हुँदा अन्यले ब्याट चलाउन सकेनन्।

गुजरातका मोहम्मद सिराजले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले १९ रन खर्चिए। शाई किशोरको नाममा दुई विकेट रह्यो।

यो नतिजासँगै गुजरातले तीन खेलबाट चार अंक जोडेको छ। समान अंक भएको बैंग्लुरुको भने पहिलो हार हो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy