आइपीएल : कोलकाता र दिल्ली खेल्दै

२०८१ बैशाख १७, सोमबार १३:५९

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज कोलकाता नाइटराइडर्स र दिल्ली क्यापिटल्सबीच खेल हुदैछ ।

कोलकाताको घरेलु मैदान इडन ग्राडेन क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजेदेखि शुरु हुदै छ ।

जारी आइपीएलमा आठ खेलमा पाँचमा जित तथा तीनमा हार व्यहोरेको कोलकाता दश अंकका साथ दोस्रो स्थानमा छ । दश खेल खेलेको दिल्ली पाँचमा जित तथा पाँच खेलमा हार व्यहोरेर दश अंकका साथ छैटौं स्थानमा छ ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy