आइपीएल : मुम्बई र पञ्जाब खेल्दै

२०८१ बैशाख ६, बिहीबार १२:४२

काठमाडौं । १७ औं संस्करणको ईण्डियन प्रिमियर लिग (आइपिएल) को ३३ औं खेलमा मुम्बई इन्डियन्स र पञ्जाब किंग्सबीच खेल हुँदै छ।

पञ्जाबको घरेलु मैदान मुल्लापुरमा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजेदेखि शुरु हुनेछ।

समान छ खेलेका दुवै टोलीले दुई जित मात्र हात पारेका छन् । समान चार अंकका साथ पञ्जाब आठौं र मुम्बई नवौं स्थानमा छन् ।

आइपीएल ईतिहासमा हालसम्म यि दुई टोलीबीच ३१ खेल भएकामा मुम्बई १६ खेलमा विजयी हुँदा १५ खेल पञ्जाबले जितेको छ ।

यस लिगमा १० टोलीको सहभागीता रहेको छ । सात खेलमा छ जितका साथ राजस्थान अंकतालिकाको शीर्ष स्थानमा छ ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy