एन्गेडीले आईपीएल गुमाउने

२०८० चैत्र २, शुक्रबार ११:५१

काठमाडौं । दक्षिण अफ्रिकाका तिव्र गतिका बलर लुंग्गि एन्गेडीले यस संस्करणको ईन्डियन प्रिमियर लिग(आईपीएल) गुमाउने भएका छन् ।

दक्षिण अफ्रिकाको फ्रेन्चाईजि लिग एसए ट्वान्टीका क्रम मेरुदन्डमा समस्या भएको थियो । दिल्लीले उनको स्थानमा अष्ट्रेलियाका माथिल्लो क्रमका ब्याटर ज्याक फ्रेजर मैकगर्कलाई अनुबन्ध गरेको छ ।

ज्याकले अष्ट्रेलियाका लागि ओडिआई खेलिसकेका छन् । २ ओडिआई खेलमा ज्याकले ५१ रन बनाएका छन् ।

ज्याक लेगस्पिन बलिङको समेत क्षमता राख्नेछन् ।

दिल्लीको कप्तानमा रिषभ पन्त फर्कदै छन् । गत वर्ष सवारी दुर्घटनामा परेका पन्तले आईपीएल गुमाएका थिए । पन्तको अनुपस्थितीमा डेबिड वार्नरले दिल्लीको कप्तानी गरेका थिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy