गायकवाडको शतकमा लखनाउलाई २११ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ३९ औं खेलमा कप्तान ऋतुराज गायकवाडको शतकको सहयोगमा चेन्नई सुपर किंग्सले लखनाउ सुपर जायन्ट्सलाई २ सय ११ रनको लक्ष्य दिएको छ ।

घरेलु मैदान एम ए चिदम्बरम क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ११ रन बनायो ।

चेन्नईका लागि ओपनर समेत रहेका कप्तान ऋतुराज गायकवाडले ६० बलमा १२ चौका र ३ छक्काको सहयोगमा अविजित १ सय ८ रनको शतकीय ईनिङ खेले । आइपीएल करियरको देस्रो शतक गायकवाडले ५६ बलमा पुरा गरेका थिए ।

शिभम दुवेले २८ बलमा ३ चौका र ७ छक्काको सहयोगमा ६६ रनको अर्धशतकीय ईनिङ खेले । चौथो विकेटका लागि गायकवाड र दुबेले ४६ बलमा १ सय ४ रनको साझेदारी गरे । रविन्द्र जडेजाले १९ बलमा १७ तथा ड्यारियल मिचेलले १० बलमा ११ रन बनाए ।

लखनाउका लागि मोहसिन खान, यश ठाकुर तथा म्याट हेनरीले समान एक एक विकेट लिए ।

यस संस्करणमा यि दुई टोलीबीचको यो दोस्रो खेल हो । पहिलो खेलमा लखनाउले चेन्नईलाई पराजित गरेको थियो ।





थप समाचार

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]