गायकवाड शतकबाट चुक्दा हैदराबादले पायो २१३ रनको लक्ष्य

काठमाडौं । कप्तान ऋतुराज गायकवाड शतकबाट २ रनले चुक्दा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई २ सय १३ रनको लक्ष्य दिएको छ ।

घरेलु मैदान एम ए चिदम्बरम क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय १२ रन बनायो ।

चेन्नईका लागि कप्तान ऋतुराज गायकवाड र ड्यारिल मिचलले अर्धशतकीय ईनिङ खेले । गायकवाडले ५४ बलमा १० चौका र ३ छक्काको सहयोगमा ९८ रनको अर्धशतकीय ईनिङ खेले । आइपीएल करियरको दोस्रो शतक बनाउँन गायकवाडले २ रनले चुकेका थिए । मिचेलले ३२ बलमा ७ चौका र १ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ खेले ।

मिचेल र गायकवाडले दोस्रो विकेटका लागि ६४ बलमा १ सय ७ रनको महत्वपूर्ण शतकीय साझेदारी गरेका थिए ।

शिभम दुबेले २० बलमा १ चौका र ४ छक्काको सहयोगमा अविजित ३९ रन बनाए । तेस्रो विकेटका लागि दुबे र गायकवाडले ३५ बलमा ७४ रनको साझेदारी गरेका थिए ।

हैदराबादका लागि टि नटराजन, जयदेव उन्नादकड र भुवनेश्वर कुमारले समान एक एक विकेट लिए ।





थप समाचार

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]