ज्याक्सको शतकमा बेंगलुरुको लगातार दोस्रो जित

काठमाडौं । विल ज्याक्सको शतकीय इनिङको सहयोगमा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) को ४५ औं खेलमा रोयल च्यालेनजर्स बेंगलूरुले लगातार दोस्रो जित दर्ता गरेको छ । आइतबारको पहिलो खेलमा बेंगलुरुले गुजरात टाईटन्स माथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो ।

गुजरातले दिएको २सय १ रनको लक्ष्य बेंगलुरुले १६ ओभरमा १ विकेट गुमाएर भेटायो ।

बेंगलुरुका लागि ज्याक्सले ४१ बलमा ५ चौका र १० छक्का प्रहार गर्दै १०० रनको शतकीय ईनिङ खेले । विराट कोहलीले ४४ बलमा ६ चौका र ३ छक्का सहित ७० रन जोडे ।

गुजरातका लागि साई किशोर एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ३ विकेटको क्षतिमा २ सय रन बनायो ।

गुजरातका लागि साई सुदर्शनले ४९ बलमा ८ चौका र ४ छक्का सहित ८४ रनको अर्धशतकीय ईनिङ खेले । शाहरुख खानले ३० बलमा ५८ तथा डेभिड मिलरले २६ रन बनाए ।

बेंगलुरुका लागि स्वप्निल सिंह, मोहम्मद सिराज र ग्लेन म्याक्सवेलले समान एक एक विकेट लिए ।

दश खेलमा तेस्रो जित हात पारेको बेंगलुरु ६ अंक सहित पुछारमा यथावत छ । दश खेलमा ८ अंक सहित गुजरात सातौं स्थानमा छ ।





थप समाचार

सम्झनाको अर्धशतकमा सुदुरको लगातार दोस्रो जित

काठमाडौं । सम्झना खड्काको अर्धशतकको सहयोगमा सुदुरपश्चिम प्रदेशले राजधानीमा जारी ललितपुर मेयर्स कपको पाँचौ खेलमा कोशी प्रदेशलाई पराजित गर्दै लगातार […]

नेपालसँग खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपमा नेपाल रहेको समूहमा रहेको नेदरल्यान्ड्सले आफ्नो […]

सम्झनाको अर्धशतकमा कोशीलाई १ सय १३ रनको लक्ष्य

काठमाडौं । सम्झना खड्काको अर्धशतकको सहयोगमा सुदुरपश्चिम प्रदेशले राजधानीमा जारी ललितपुर मेयर्स कपको पाँचौ खेलमा कोशी प्रदेशलाई जितका लागि १ […]

एपीएफको लगातार दोस्रो जित, बागमतीको लगातार दोस्रो हार

काठमाडौं । ललितपुर मेयर कपमा विभागीय टोली नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित हात पार्दा बागमती प्रदेशले लगातार दोस्रो हार […]

बेंगलूरुको लगातार पाँचौ जित, बेंगलूरुको प्लेअफ सम्भावना कायमै

काठमाडौं । दिल्ली क्यापिटल्सविरुद्ध जित दर्ता गर्दै रोयल च्यालेन्जर्स बेंगलूरुले लगातार पाँचौ जित निकालेको छ । यस जितसँगै बेंगलूरुले प्लेअफ […]

मोक्षदालाई हराउँदै सैनिक आवासीय च्याम्पियन

काठमाडौं । मोक्षदा स्कुललाई पराजित गरी सैनिक आवासीय महाविद्यालय जयकुमार नाथ शाह स्मृति यु-१६ टी-२० अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको च्याम्पियन […]