टी-२० विश्वकपका लागि इंग्ल्यान्डको टोली घोषणा

काठमाडौं । जोफ्रा आर्चरलाई समट्दै आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि इंग्ल्यान्डको टोली घोषणा भएको छ ।

मंगलबार जोस बटलरको कप्तानीमा १५ सदस्यीय इंग्ल्यान्डको टोली घोषणा भएको हो । सन् २०२४ मा हुने आइसिसी पुरुष टी–२० विश्वकपका लागि इंग्ल्यान्डको टोलीमा जोफ्रा आर्चरलाई समावेश गरिएको छ ।

इङ्ल्यान्डका लागि उनले मे २०२३ मा अन्तिम पटक खेलेका थिए । त्यसपछि, उनी चोटका कारण लगभग १२ महिनासम्म टिम बाहिररहेका थिए ।

विश्वकपमा इंग्ल्यान्ड विश्वकपमा समूह बी मा रहेको छ । समूह बी मा इंग्ल्यान्डका अलावा अष्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान छन् । ४ जुनमा स्कटल्यान्डसँग खेल्दै इंग्ल्यान्डले विश्वकपको सुरुआत गर्नेछ ।

इंग्ल्यान्डको टिम

जोस बटलर (कप्तान), मोईन अली, जोफ्रा आर्चर, जोनी बेयरस्टो, हेरी ब्रुक, साम करन, बेन डकेट, टोम हार्टले, विल जैक्स, क्रिस जोर्डन, लियाम लिविंगस्टोन, आदिल राशिद, फिल साल्ट, रीस टोपली, मार्क वुड ।





थप समाचार

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]

गुजरातसँग अंक बाड्दै हैदराबाद प्लेअफमा

काठमाडौं । वर्षाका कारण टस समेत हुन नसकि गुजरात टाइटन्ससँग अंक बाडेको सनराइजर्स हैदराबाद १७ औं संस्करणको इन्डियन प्रिमियर लिग […]

सन्दीपलाई विश्वकपमा सहभागीताको बाटो खुल्यो

काठमाडौं । नेपाली टिमका पुर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेलाई अर्को महिना अमेरिका र वेस्ट इन्डिजमा सुरु हुने आइसीसी […]

नेपालले दियो १८० रनको लक्ष्य

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा १ सय ८० रनको लक्ष्य […]

नेपाल पहिले ब्याटिङ गर्दै, करण बेन्चमा

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान […]