फाफ,दिनेश र रजतको अर्धशतक सहयोगमा मुम्बईलाई १९७ रनको लक्ष्य

२०८० चैत्र २९, बिहीबार २१:४८

काठमाडौं । कप्तान फाफ डु प्लेसिस,दिनेश कार्तिक र रजत पाटीदारको अर्धशतकको सहयोगमा रोयल च्यालेन्जर्स बेंगलुरुले मुम्बई इन्डियन्सलाई १ सय ९७ रनको लक्ष्य दिएको छ ।

मुम्बईको घरेलु मैदान वानंखडे क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९६ रन बनायो ।

बेंगलुरुका लागि कप्तान फाफ डु प्लेसिसले ४० बलमा ४ चौका र ३ छक्काको सहयोगमा ६१ रनको अर्धशतकीय ईनिङ खेले । रजत पाटीदार २६ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेले । तेस्रो विकेटका लागि पाटीदार र फाफले ४७ बलमा ८२ रनको महत्वपुर्ण साझेदारी गरे ।

दिनेश कार्तिकले २३ बलमा ५ चौका र ४ छक्काको सहयोगमा अविजित ५३ रनको अर्धशतकीय ईनिङ खेले । फाफ र दिनेशले पाँचौ विकेटका लागि २६ बलमा ४५ रनको साझेदारी गरे ।

मुम्बईका लागि जसप्रित बुमराहले पाँच तथा जेरार्ड कोट्जे, आकाश मढवाल र श्रेयश गोपालले समान एक एक विकेट लिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy