राजस्थानले मुम्बईबाट पायो १८० रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ३८ औं खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई १ सय ८० रनको लक्ष्य दिएको छ ।

राजस्थानको घरेलु मैदान सवाईमान सिंह क्रिकेट स्टेडियम जयपुरमा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन बनायो ।

मुम्बईका लागि तिलक बर्माले ४५ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ६५ रनको अर्धशतकीय ईनिङ खेले । बढेराले २४ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ४९ रन बनाए । ५२ रन बनाएर ४ विकेट गुमाएको अवस्थाबाट बर्मा र बढेराले पाँचौं विकेटका लागि ५५ बलमा ९९ रनको साझेदारी गर्दै टिमलाई मध्यम योगफलसम्म पुर्याए ।

मोहम्मद नाबीले १७ बलमा २ चौका र १ छक्काको सहयोगमा २३ रन बनाए । सुर्यकुमार यादवले ८ बलमा १० तथा कप्तान हार्दिक पान्ड्याले १० बलमा १० रन बनाए ।

राजस्थानका लागि सन्दीप शर्माले ५ तथा ट्रेन्ट बोल्डले २ विकेट लिए । आभेस खान र युजभेन्द्र चहलले समान ११ विकेट लिए ।

यस संस्करणमा दुई टोलीबीचको यो दोस्रो भेट हो । पहिलो भेटमा मुम्बईलाई राजस्थानले पराजित गरेको थियो ।





थप समाचार

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]