लखनाउले कोलकातालाई दियो १६२ रनको लक्ष्य

२०८१ बैशाख २, आईतवार १७:३४

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को २८ औं खेलमा लखनाउ सुपर जाईन्ट्सले कोलकाता नाईटराईडर्सलाई जितको लागि १ सय ६२ रनको लक्ष्य दिएको छ ।

कोलकाताको घरेलु मैदान इडन गार्डेन क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको लखनाउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनायो ।

लखनाउका लागि निकोलस पुरनले ३२ बलमा २ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ४५ रन बनाए । कप्तान केएल राहुलले २७ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३९ रन बनाए ।

आयुष बदोनीले २७ बलमा २९ तथा ओपनर क्विटन डि कक र मार्कस स्टोइनसले समान दश दश रन बनाए ।

कोलकाताका लागि मिचेल स्टार्कले तीन तथा वैभव अरोरा, सुनिल नारायण र बरुण चक्रवर्तीले समान एक एक विकेट लिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy