लखनाउमाथि दिल्लीको जित

२०८१ जेष्ठ २, बुधबार ०७:४४

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ६४ औं खेलमा लखनाउ सुपर जायन्ट्समाथि दिल्ली क्यापिटल्स विजयी भएको छ ।

लिग चरणको आफ्नो अन्तिम खेलमा घरेलु मैदानमा भएको खेलमा दिल्ली १९ रनले विजयी भएको हो ।

दिल्लीले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको लखनाउले ९ विकेटको गुमाएर १ सय ८९ रन मात्र बनाउन सक्यो ।

लखनाउका लागि निकोलस पुरनले २७ बलमा ६ चौका र ४ छक्का सहित ६१ रनको अर्धशतकीय ईनिङ खेले । अर्षद खानले ३३ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ५८ रनको अर्धशतकीय ईनिङ खेले । क्रुनाल पण्ड्याले १८ तथा युधवीर सिंहले १४ तथा क्विन्टन डी ककले १२ रन जोडे ।

दिल्लीका लागि ईशान्त शर्माले ३ विकेट लिए । खलिल अहमद, अक्षर पटेल, मुकेश कुमार, कुलदीप यादव ट्रिस्टन स्टब्सले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेटको गुमाएर २ सय ८ रन बनाएको थियो ।

दिल्लीका लागि अभिषेक पोरेलले ३३ बलमा ५८ रन तथा ट्रिस्टन स्टब्सले २५ बलमा ५७ रन जोडे । साई होपले ३८ तय ऋषभ पन्तले ३३ रन बनाए ।

लखनऊका नवीन उल हकले २ तथा अर्शद खानले र रवि विश्नोइले १/१ विकेट लिए ।

दिल्लीले १४ खेलमा १४ अंक बटुलेको छ । लखनाउको भने एक खेल बाँकी रहँदै १२ अंक छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy