काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गतको ५९ औं खेलमा आज चेन्नई सुपर किंग्स र गुजरात टाईटन्सबीच खेल हुदैछ ।
गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजेदेखि शुरु हुदै छ ।
जारी आइपीएलमा एघार खेलमा छमा जित तथा पाँचमा हार व्यहोरेको चेन्नई १२ अंकका साथ चौथो स्थानमा छ । एघार खेल खेलेको गुजरात चारमा जित तथा सात खेलमा हार व्यहोरेर छ अंकका साथ पुछारमा छ ।
आइपीएल इतिहासमा यि दुई टोली छ पटक आमने सामने भएका छन् । तीन खेलमा चेन्नई विजयी हुँदा समान तीन खेल नै गुजरातले जितेको छ । यसै सिजन भएको भेटमा चेन्नईले गुजरातलाई पराजित गरेको थियो ।
दश टोलीको सहभागीता रहेको लिगमा कोलकाता नाइटराईडर्स शीर्ष स्थानमा छ ।