गिल र सुदर्शनको शतकमा चेन्नईलाई २३२ रनको लक्ष्य
, २०८१ बैशाख २८, शुक्रबार २१:३५
काठमाडौं । ओपनर शुभमन गिल तथा साई सुदर्शनको शतकको सहयोगमा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५९ औं खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई २ सय ३२ रनको लक्ष्य दिएको छ ।
गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ३ विकेट गुमाई २ सय ३१ रन बनायो ।
गुजरातका लागि ओपनर गिल तथा सुदर्शनले शतकीय ईनिङ खेले । ओपनर तथा कप्तान गिलले ५५ बलमा ९ चौका र ६ छक्काको सहयोगमा १ सय ४ रनको शतकीय ईनिङ खेले । अर्का ओपनर सुदर्शनले ५१ बलमा ५ चौका र ७ छक्काको सहयोगमा १ सय ३ रनको शतकीय ईनिङ खेले ।
पहिलो विकेटका लागि गिल र सुदर्शनले २ सय १० रनको दोहोरो शतकीय साझेदारी गरे । चेन्नईका लागि तुसार देशपान्डेले २ विकेट लिए ।
थप समाचार
अन्तर्राष्ट्रिय क्रिकेट
नेपालको सुपर थ्रीको सम्भावना कायमै
काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]
नेपाली क्रिकेट
बेलायत जाने नेपाली टोलीको बिदाइ
काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]
आईपीएल
नेपाल हङकङसँग पराजित
काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]
आईपीएल
शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल
काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]
महिला क्रिकेट
नेपालले हङकङविरुद्ध खेल्दै
काठमाडौँ। थाइल्याण्डमा जारी आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपालले आज (मंगलबार) हङकङ चाइनाविरुद्ध खेल्दैछ। नेपाली समय अनुसार यी […]