जन्मदिन बिशेष: प्रदिप ऐरीको ८ उत्कृस्ट प्रदर्शन

Pradeep Airee

प्रदिप ऐरी भन्ने बितिकै उनिसंगै विस्फोटक ब्याटिंग पनि जोडिएर आउने गर्छ l सन् २००६ को एसीसी यु-१५ उमेर समुह रास्ट्रिय टोलिबाट नेपालको प्रतिनिधित्व गरेका ऐरीले त्यसपछि लगातार जस्तै अन्तरास्ट्रिय क्रिकेटमा नेपालको प्रतिनिधित्व गर्दै आईरहेका छन् l

सुदूरपश्चिम महेन्द्रनगर स्थायी निबासी ऐरीले बिभिन्न समयमा धुवाँधार ब्याटिंग प्रदर्शन गर्दै समर्थकहरुलाई रोमान्चित बनाऊदै आएका छन् l ब्याटिंग मात्रै हैन , राम्रो बलिंग र फिल्डिंग पनि गर्न सक्ने ऐरीले इटालीमा सम्पन्न सन् २०१० डिभिजन-४ प्रतियोगितामा पहिलो पटक नेपाली रास्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरेका थिए l ओपनिंग ब्याट्सम्यानको रुपमा नेपाली टिममा स्थान बनाएका ऐरीले तल्लो मध्यक्रममा पनि नेपालको लागि ब्याटिंग गरेका छन् भने जरुरत पर्दा बलिंग र विकेट किपिंग मार्फत पनि जिम्मेवारी निभाएको उदाहरण कैयौ छ l

आफ्नो पहिलो खेलमै अर्जेन्टिना बिरुद्ध अविजित ३८ रनको इनिंग खेलेका ऐरीले लगभग ४ बर्ष सिनियर रास्ट्रिय टिमको लागि खेल्ने क्रममा पटक-पटक जिम्मेवार र धुँवादार ब्याटिंग गर्दै सबैको मन जितेका छन् l उमेर समुह देखि रास्ट्रिय टिमसम्म खेल जिताउने खेलाडीको रुपमा परिचय बनाएका ऐरीले ऐरीले खेलेका त्यस्तै केहि महत्वपूर्ण पारिहरु प्रस्तुत छ :-

(१) ६५* ( ४३ ) , ७ चौका , ४ छक्का , बिरुद्ध डेनमार्क ( टि-२० बिश्वकप छनौट २०१२ )

जित मुस्किल नभए पनि प्रदिप ऐरीले प्रारम्भिक ब्याटिंग गर्दै डेनमार्क बिरुद्ध बनाएको अविजित ६५ रनले उनको सिनियर अन्तरास्ट्रिय करियरमा महत्व राख्ने गर्छ l ४३ बल मात्रै सामना गरि बनाएको ६५ रनमा सामेल ४ छक्का र ७ चौकाले प्रदिपको स्वभाबलाई राम्रै प्रतिनिधित्व गर्नेगर्छ l प्रदिपले उक्त प्रतियोगिताभर नेपालको ओपनिंग ब्याटिंग सम्हालेका थिए जहाँको प्रदर्शनले उनलाई पछि पनि ओपनिंग ब्याट्सम्यानको भूमिकामा खेल्न बल प्रदान गरेको थियो l

Pradeep Airee
प्रदिप ऐरीले प्रारम्भिक ब्याटिंग गर्दै डेनमार्क बिरुद्ध बनाएको अविजित ६५ रनले उनको सिनियर अन्तरास्ट्रिय करियरमा महत्व राख्ने गर्छ l

(२) ४५ ( ३८ ) , ४ चौका , २ छक्का , बिरुद्ध केन्या ( टि-२० बिश्वकप छनौट २०१२ )

स्तरीय टोलि केन्यासंग सातौ स्थानको लागि खेलिएको टि-२० बिश्वकप छनौट २०१२ को प्रदिप ऐरीको इनिंगको मदतले नेपालले केन्यालाई ५ विकेटले पराजित गरेको थियो l केन्याले दिएको १४० रनको लक्ष पछ्याउन नेपाललाई ओपनिंग ब्याट्सम्यानबाट राम्रो सुरुवातको आवस्यकतालाई प्रदिपले जिम्मेवार हुँदै निभाएनन् मात्र आफ्नो आक्रामक स्वभाबलाई पनि कायमै राखे l इनिंगमा नेपालको तर्फबाट सर्बाधिक रन बनाएका उनले ४ चौका र २ छक्का प्रहार गर्दै ४५ रन मात्रै ३८ बलमा बनाएका थिए l

(३) ३४* ( २५ ) , ४ चौका , १ छक्का , बिरुद्ध सिंगापुर ( डिभिजन-४ २०१२ )

सिंगापुरले दिएको मात्रै ११२ रनको लक्ष पछ्याएको नेपालले आफ्नो पहिलो ५ विकेट ४७ रनमै गुमाऊदा नेपालको हार्ने सम्भावना प्रबल थियो l नेपालको अन्तिम ब्याटिंग जोडी मात्रै क्रिजमा हुँदा एउटा मात्रै विकेटले पनि नेपाल हारको संघारमा पुग्न सक्थ्यो l तर प्रदिप ऐरीले सातौ नम्बरमा ब्याटिंग गर्दै नेपाललाई जितसम्म पुर्याऊन महत्वपूर्ण योगदान दिए l शक्ति गौचनसंग छैठौ विकेटको लागि ६५ रनको अविजित साझेदारी गर्नेक्रममा प्रदिपले अविजित ३४ रन बनाऊदै नेपाललाई ५ विकेटको विजय दिलाएका थिए l

(४) ५९ ( २६ ) , ८ चौका , ४ छक्का , बिरुद्ध माल्दिभ्स ( एसीसी टि-२० २०१३ )

मात्र २६ बलमा ५९ रन अर्थात २२६ माथिको स्ट्राईक रेटमा हजारौ नेपाली दर्शकहरुको अगाडी प्रदिपले खेलेको इनिंग धेरैले याद गर्ने गर्दछन् l ओपनिंग ब्याट्सम्यानको रुपमा अर्को अर्धशतक आफ्नो नाममा जोड्ने क्रममा ऐरीले माल्दिभ्स ब्याटिंग तहसनहस पारेका थिए l ४ छक्का र ८ चौका प्रहार गरेका उनको इनिंगको मदतले नेपालले माल्दिभ्स माथि ७६ रनको बिशाल जित हात पारेको थियो र उनिनै खेलको म्यान अफ द म्याच चुनिएका थिए l

(५) ५८ ( ५७ ) , ५ चौका , २ छक्का , बिरुद्ध युएई ( एसीसी टि-२० २०१३ , सेमीफाईनल )

एसीसी टि-२० २०१३ को सेमीफाईनल जित्नु नेपालको लागि निकै महत्वपूर्ण थियो त्यसमाथि टियु मैदानमा उर्लिएका हजारौ नेपाली समर्थकहरुले नेपालको हार चाहेका थिएनन् l युएईले १३४ रनको लक्ष नेपाललाई प्रस्तुत गर्यो जुन सेमीफाईनल खेलमा निकै प्रतिस्पर्धात्मक थियो l ऐरीले कमाल गरिदिए l ओपनिंग ब्याटिंग गर्दै नेपाललाई राम्रो सुरुवात मात्रै दिलाएनन् प्रदिपले जिम्मेवार इनिंग खेल्दै १७.१ ओभरसम्म ब्याटिंग गरि ५८ रनको शानदार इनिंग खेली नेपाललाई जित नजिक पुर्याईदिए l कठिन युएई माथिको त्यो जित र प्रदिप ऐरीको इनिंग उनले खेलेको सबैभन्दा उत्कृस्ट पारिमा गनिने गर्छ l ६ विकेटको जित दर्ता गरेको उक्त खेलमा प्रदिप ऐरी म्यान अफ द म्याच भएका थिए l

 

(६) ६० * ( ९५ ) , ५ चौका , ४ छक्का , बिरुद्ध युगान्डा ( डिभिजन-३ २०१३ , फाईनल )

डिभिजन-३ २०१३ को फाईनल खेलमा प्रदिप ऐरीले खेलेको इनिंग ५० ओभर क्रिकेटमा नेपाली ब्याट्सम्यानले खेलेको महत्वपूर्ण पारिमा गनिने गर्छ l डिभिजन-४ २०१२ र एसीसी ट्रफी २०१२ को उपाधि जितेको नेपाली टिमले २०१३ को डिभिजन-३ प्रतियोगिता जित्दै ५० ओभर प्रतियोगिता उपाधि विजय अभियान जारि राख्न प्रदिप ऐरीको जिम्मेवार इनिंगले महत्वपूर्ण भूमिका खेलेको थियो l फाईनल खेलमा ओपनिंग गरेका प्रदिपले अर्को किनारका ब्याट्सम्यानहरु लगातार आऊट हुँदै गएपनि आफ्नो विकेट जोगाऊदै नेपाललाई जित नजिक पुर्याएका थिए l प्राय इनिंगमा बल भन्दा रन बढी हुने गरेको प्रदिपले अविजित ६० रनको इनिंग खेल्ने क्रममा ९५ बल सामना गरे l इनिंगमा प्रदिपको ५ चौका र ४ वटा छक्काले भने उनको रन बनाउने तरिका प्रस्ट देखिन्छ l

(७) ५ विकेट र ५९ रन , बिरुद्ध अफगानिस्थान ( एसीसी यु-१९ २०११ , फाईनल )

उमेर स्तर क्रिकेटमा प्रदिप ऐरीको प्रदर्शनले प्रदिप ऐरीलाई सिनियर रास्ट्रिय टिममा प्रतिनिधित्व गर्न महत्वपूर्ण भूमिका खेलेको छ l सन् २०११ एसीसी यु-१९ को फाईनल खेलमा प्रदिप ऐरी म्यान अफ द म्याच हुँदै आफ्नो मध्यम तिब्र गति बलिंगले अफगानिस्थानको ५ विकेट तथा सोहि खेलमा जिम्मेवार इनिंग खेल्दै ९३ बल सामना गरि बनाएको ५९ रन स्मरणीय छ l फाईनल खेल ६१ रनले गुमाउनु परे पनि प्रदिपको उक्त खेलको प्रदर्शन भने निकै तारिफयोग्य थियो l

(८) ५ विकेट , बिरुद्ध , युएई ( एसीसी यु-१७ २००९ , सेमीफाईनल )

जितको लागि युएईलाई दोश्रो इनिंगमा मात्रै १४५ रन बनाउनु पर्ने थियो l टियु मैदानमा नेपाली युवा टिमलाई समर्थन गर्न सेमीफाईनल खेलमा हजारौ दर्शक जुटेका थिए l प्रदिप ऐरीले आफ्नो मध्यम तिब्र गति बलिंगले उक्त खेलमा जितको नजिक पुगेको युएईलाई घुंडा टेक्न बाध्य बनाए l मात्र २१ रनले पराजित गर्दै घरेलु दर्शकलाई खुसिले नचाउन सफल नेपाली टिमको सफलताको कारण प्रदिप ऐरीले आफ्नो ७ ओभरमा मात्र २९ रन खर्चदै लिएको ५ विकेट थियो l उक्त खेलमा म्यान अफ द म्याच प्रदिपको मदतले फाईनलमा पुगेको नेपाली यु-१७ टोलिले प्रतियोगिताको उपाधिनै जितेको थियो l





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]