जन्मदिन बिशेष: प्रदिप ऐरीको ८ उत्कृस्ट प्रदर्शन

प्रदिप ऐरी भन्ने बितिकै उनिसंगै विस्फोटक ब्याटिंग पनि जोडिएर आउने गर्छ l सन् २००६ को एसीसी यु-१५ उमेर समुह रास्ट्रिय टोलिबाट नेपालको प्रतिनिधित्व गरेका ऐरीले त्यसपछि लगातार जस्तै अन्तरास्ट्रिय क्रिकेटमा नेपालको प्रतिनिधित्व गर्दै आईरहेका छन् l

सुदूरपश्चिम महेन्द्रनगर स्थायी निबासी ऐरीले बिभिन्न समयमा धुवाँधार ब्याटिंग प्रदर्शन गर्दै समर्थकहरुलाई रोमान्चित बनाऊदै आएका छन् l ब्याटिंग मात्रै हैन , राम्रो बलिंग र फिल्डिंग पनि गर्न सक्ने ऐरीले इटालीमा सम्पन्न सन् २०१० डिभिजन-४ प्रतियोगितामा पहिलो पटक नेपाली रास्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरेका थिए l ओपनिंग ब्याट्सम्यानको रुपमा नेपाली टिममा स्थान बनाएका ऐरीले तल्लो मध्यक्रममा पनि नेपालको लागि ब्याटिंग गरेका छन् भने जरुरत पर्दा बलिंग र विकेट किपिंग मार्फत पनि जिम्मेवारी निभाएको उदाहरण कैयौ छ l

आफ्नो पहिलो खेलमै अर्जेन्टिना बिरुद्ध अविजित ३८ रनको इनिंग खेलेका ऐरीले लगभग ४ बर्ष सिनियर रास्ट्रिय टिमको लागि खेल्ने क्रममा पटक-पटक जिम्मेवार र धुँवादार ब्याटिंग गर्दै सबैको मन जितेका छन् l उमेर समुह देखि रास्ट्रिय टिमसम्म खेल जिताउने खेलाडीको रुपमा परिचय बनाएका ऐरीले ऐरीले खेलेका त्यस्तै केहि महत्वपूर्ण पारिहरु प्रस्तुत छ :-

(१) ६५* ( ४३ ) , ७ चौका , ४ छक्का , बिरुद्ध डेनमार्क ( टि-२० बिश्वकप छनौट २०१२ )

जित मुस्किल नभए पनि प्रदिप ऐरीले प्रारम्भिक ब्याटिंग गर्दै डेनमार्क बिरुद्ध बनाएको अविजित ६५ रनले उनको सिनियर अन्तरास्ट्रिय करियरमा महत्व राख्ने गर्छ l ४३ बल मात्रै सामना गरि बनाएको ६५ रनमा सामेल ४ छक्का र ७ चौकाले प्रदिपको स्वभाबलाई राम्रै प्रतिनिधित्व गर्नेगर्छ l प्रदिपले उक्त प्रतियोगिताभर नेपालको ओपनिंग ब्याटिंग सम्हालेका थिए जहाँको प्रदर्शनले उनलाई पछि पनि ओपनिंग ब्याट्सम्यानको भूमिकामा खेल्न बल प्रदान गरेको थियो l

Pradeep Airee
प्रदिप ऐरीले प्रारम्भिक ब्याटिंग गर्दै डेनमार्क बिरुद्ध बनाएको अविजित ६५ रनले उनको सिनियर अन्तरास्ट्रिय करियरमा महत्व राख्ने गर्छ l

(२) ४५ ( ३८ ) , ४ चौका , २ छक्का , बिरुद्ध केन्या ( टि-२० बिश्वकप छनौट २०१२ )

स्तरीय टोलि केन्यासंग सातौ स्थानको लागि खेलिएको टि-२० बिश्वकप छनौट २०१२ को प्रदिप ऐरीको इनिंगको मदतले नेपालले केन्यालाई ५ विकेटले पराजित गरेको थियो l केन्याले दिएको १४० रनको लक्ष पछ्याउन नेपाललाई ओपनिंग ब्याट्सम्यानबाट राम्रो सुरुवातको आवस्यकतालाई प्रदिपले जिम्मेवार हुँदै निभाएनन् मात्र आफ्नो आक्रामक स्वभाबलाई पनि कायमै राखे l इनिंगमा नेपालको तर्फबाट सर्बाधिक रन बनाएका उनले ४ चौका र २ छक्का प्रहार गर्दै ४५ रन मात्रै ३८ बलमा बनाएका थिए l

(३) ३४* ( २५ ) , ४ चौका , १ छक्का , बिरुद्ध सिंगापुर ( डिभिजन-४ २०१२ )

सिंगापुरले दिएको मात्रै ११२ रनको लक्ष पछ्याएको नेपालले आफ्नो पहिलो ५ विकेट ४७ रनमै गुमाऊदा नेपालको हार्ने सम्भावना प्रबल थियो l नेपालको अन्तिम ब्याटिंग जोडी मात्रै क्रिजमा हुँदा एउटा मात्रै विकेटले पनि नेपाल हारको संघारमा पुग्न सक्थ्यो l तर प्रदिप ऐरीले सातौ नम्बरमा ब्याटिंग गर्दै नेपाललाई जितसम्म पुर्याऊन महत्वपूर्ण योगदान दिए l शक्ति गौचनसंग छैठौ विकेटको लागि ६५ रनको अविजित साझेदारी गर्नेक्रममा प्रदिपले अविजित ३४ रन बनाऊदै नेपाललाई ५ विकेटको विजय दिलाएका थिए l

(४) ५९ ( २६ ) , ८ चौका , ४ छक्का , बिरुद्ध माल्दिभ्स ( एसीसी टि-२० २०१३ )

मात्र २६ बलमा ५९ रन अर्थात २२६ माथिको स्ट्राईक रेटमा हजारौ नेपाली दर्शकहरुको अगाडी प्रदिपले खेलेको इनिंग धेरैले याद गर्ने गर्दछन् l ओपनिंग ब्याट्सम्यानको रुपमा अर्को अर्धशतक आफ्नो नाममा जोड्ने क्रममा ऐरीले माल्दिभ्स ब्याटिंग तहसनहस पारेका थिए l ४ छक्का र ८ चौका प्रहार गरेका उनको इनिंगको मदतले नेपालले माल्दिभ्स माथि ७६ रनको बिशाल जित हात पारेको थियो र उनिनै खेलको म्यान अफ द म्याच चुनिएका थिए l

(५) ५८ ( ५७ ) , ५ चौका , २ छक्का , बिरुद्ध युएई ( एसीसी टि-२० २०१३ , सेमीफाईनल )

एसीसी टि-२० २०१३ को सेमीफाईनल जित्नु नेपालको लागि निकै महत्वपूर्ण थियो त्यसमाथि टियु मैदानमा उर्लिएका हजारौ नेपाली समर्थकहरुले नेपालको हार चाहेका थिएनन् l युएईले १३४ रनको लक्ष नेपाललाई प्रस्तुत गर्यो जुन सेमीफाईनल खेलमा निकै प्रतिस्पर्धात्मक थियो l ऐरीले कमाल गरिदिए l ओपनिंग ब्याटिंग गर्दै नेपाललाई राम्रो सुरुवात मात्रै दिलाएनन् प्रदिपले जिम्मेवार इनिंग खेल्दै १७.१ ओभरसम्म ब्याटिंग गरि ५८ रनको शानदार इनिंग खेली नेपाललाई जित नजिक पुर्याईदिए l कठिन युएई माथिको त्यो जित र प्रदिप ऐरीको इनिंग उनले खेलेको सबैभन्दा उत्कृस्ट पारिमा गनिने गर्छ l ६ विकेटको जित दर्ता गरेको उक्त खेलमा प्रदिप ऐरी म्यान अफ द म्याच भएका थिए l

 

(६) ६० * ( ९५ ) , ५ चौका , ४ छक्का , बिरुद्ध युगान्डा ( डिभिजन-३ २०१३ , फाईनल )

डिभिजन-३ २०१३ को फाईनल खेलमा प्रदिप ऐरीले खेलेको इनिंग ५० ओभर क्रिकेटमा नेपाली ब्याट्सम्यानले खेलेको महत्वपूर्ण पारिमा गनिने गर्छ l डिभिजन-४ २०१२ र एसीसी ट्रफी २०१२ को उपाधि जितेको नेपाली टिमले २०१३ को डिभिजन-३ प्रतियोगिता जित्दै ५० ओभर प्रतियोगिता उपाधि विजय अभियान जारि राख्न प्रदिप ऐरीको जिम्मेवार इनिंगले महत्वपूर्ण भूमिका खेलेको थियो l फाईनल खेलमा ओपनिंग गरेका प्रदिपले अर्को किनारका ब्याट्सम्यानहरु लगातार आऊट हुँदै गएपनि आफ्नो विकेट जोगाऊदै नेपाललाई जित नजिक पुर्याएका थिए l प्राय इनिंगमा बल भन्दा रन बढी हुने गरेको प्रदिपले अविजित ६० रनको इनिंग खेल्ने क्रममा ९५ बल सामना गरे l इनिंगमा प्रदिपको ५ चौका र ४ वटा छक्काले भने उनको रन बनाउने तरिका प्रस्ट देखिन्छ l

(७) ५ विकेट र ५९ रन , बिरुद्ध अफगानिस्थान ( एसीसी यु-१९ २०११ , फाईनल )

उमेर स्तर क्रिकेटमा प्रदिप ऐरीको प्रदर्शनले प्रदिप ऐरीलाई सिनियर रास्ट्रिय टिममा प्रतिनिधित्व गर्न महत्वपूर्ण भूमिका खेलेको छ l सन् २०११ एसीसी यु-१९ को फाईनल खेलमा प्रदिप ऐरी म्यान अफ द म्याच हुँदै आफ्नो मध्यम तिब्र गति बलिंगले अफगानिस्थानको ५ विकेट तथा सोहि खेलमा जिम्मेवार इनिंग खेल्दै ९३ बल सामना गरि बनाएको ५९ रन स्मरणीय छ l फाईनल खेल ६१ रनले गुमाउनु परे पनि प्रदिपको उक्त खेलको प्रदर्शन भने निकै तारिफयोग्य थियो l

(८) ५ विकेट , बिरुद्ध , युएई ( एसीसी यु-१७ २००९ , सेमीफाईनल )

जितको लागि युएईलाई दोश्रो इनिंगमा मात्रै १४५ रन बनाउनु पर्ने थियो l टियु मैदानमा नेपाली युवा टिमलाई समर्थन गर्न सेमीफाईनल खेलमा हजारौ दर्शक जुटेका थिए l प्रदिप ऐरीले आफ्नो मध्यम तिब्र गति बलिंगले उक्त खेलमा जितको नजिक पुगेको युएईलाई घुंडा टेक्न बाध्य बनाए l मात्र २१ रनले पराजित गर्दै घरेलु दर्शकलाई खुसिले नचाउन सफल नेपाली टिमको सफलताको कारण प्रदिप ऐरीले आफ्नो ७ ओभरमा मात्र २९ रन खर्चदै लिएको ५ विकेट थियो l उक्त खेलमा म्यान अफ द म्याच प्रदिपको मदतले फाईनलमा पुगेको नेपाली यु-१७ टोलिले प्रतियोगिताको उपाधिनै जितेको थियो l

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy