हेडको शतकमा बेंगलुरुलाई २८८ रनको लक्ष्य

काठमाडौं । ओपनर ट्राभिस हेडको शतकको सहयोगमा सनराईजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरुलाई २ सय ८८ रनको लक्ष्य दिएको छ ।

हैदराबादले इन्डियन प्रिमियर लिग (आइपीएल)को इतिहासको सबैभन्दा ठूलो योगफल बनाएको छ । यसअघि यसै सिजनमा मुम्बई इन्डियन्ससँग हैदराबादले नै बनाएको २ सय ७७ रनको योगफल बनाएको थियो ।

बेंगलुरुको घरेलु मैदान एम चेन्नास्वामीमा टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोली हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ८७ रन बनायो ।

हैदराबादका लागि ट्राभिस हेडले ४१ बलमा ९ चौका र ८ छक्काको सहयोगमा १ सय २ रनको शतकीय ईनिङ खेले । हेनरिक क्लासनले ३१ बलमा २ चौका र ७ छक्कको सहयोगमा ६७ रनको अर्धशतकीय ईनिङ खेले ।

दोस्रो विकेटका लागि क्लासन र हेडले २६ बलमा ५७ रन बनाए । ओपनर अभिसेक शर्माले २२ बलमा २ चौका र २ छक्काको सहयोगमा ३४ रन बनाए । पहिलो विकेटका लागि हेड र शर्माले ४९ बलमा १ सय ८ रनको शतकीय साझेदारी गर्दै टोलीलाई विष्फोटक सुरुआत गरेका थिए ।

एडेन माकरमले १७ बलमा २ चौका र २ छक्काको सहयोगमा अविजित ३२ रन बनाए । मारक्रम र क्लासेनले तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए ।

अब्दुल समादले १० बलमा ४ चौका र ३ छक्काको सहयोगमा अविजित ३७ रन बनाए । मारक्रम र समादले चौथो विकेटका लागि अविजित ५६ रनको साझदारी गरे ।

हैदराबादले यस ईनिङमा १९ चौका र २२ छक्का प्रहार भएको थियो ।

बेंगलुरुका लागि लकि फर्गुसनले दुई तथा रिच टोप्ली एक विकेट लिए ।





थप समाचार

नेपाल पहिले ब्याटिङ गर्दै, करण बेन्चमा

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान […]

कोशीको सान्त्वना जित

काठमाडौं । ललितपुर मेयर्स एघारलाई पराजित गर्दै कोशी प्रदेशले ललितपुर मेयर्स कपमा सान्त्वना जित निकालेको छ । समूह चरणको अन्तिम […]

अपराजित रहँदै एपीएफ फाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब अपराजित रुपमा जारी ललितपुर मेयर्स कपको फाइनल प्रवेश गरेको छ । समूह चरणको […]

राजस्थानमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीइल) अन्तर्गतको ६५ औं खेलमा राजस्थान रोयल्समाथि पञ्जाब किंग्सले जित निकालेको छ […]

अदालतको फैसलालाई सम्मान गर्ने लामिछानेको भनाई, भिडियो सहित

काठमाडौं । बलात्कार मुद्दामा सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेले अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताएका छन् । उच्च अदालत […]

क्यानद्वारा सन्दीपमाथिको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेमाथि लागेको निलम्बन फुकुवा गरेको छ । […]