गायकवाडको शतकमा लखनाउलाई २११ रनको लक्ष्य

२०८१ बैशाख ११, मंगलवार २१:३४

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ३९ औं खेलमा कप्तान ऋतुराज गायकवाडको शतकको सहयोगमा चेन्नई सुपर किंग्सले लखनाउ सुपर जायन्ट्सलाई २ सय ११ रनको लक्ष्य दिएको छ ।

घरेलु मैदान एम ए चिदम्बरम क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ११ रन बनायो ।

चेन्नईका लागि ओपनर समेत रहेका कप्तान ऋतुराज गायकवाडले ६० बलमा १२ चौका र ३ छक्काको सहयोगमा अविजित १ सय ८ रनको शतकीय ईनिङ खेले । आइपीएल करियरको देस्रो शतक गायकवाडले ५६ बलमा पुरा गरेका थिए ।

शिभम दुवेले २८ बलमा ३ चौका र ७ छक्काको सहयोगमा ६६ रनको अर्धशतकीय ईनिङ खेले । चौथो विकेटका लागि गायकवाड र दुबेले ४६ बलमा १ सय ४ रनको साझेदारी गरे । रविन्द्र जडेजाले १९ बलमा १७ तथा ड्यारियल मिचेलले १० बलमा ११ रन बनाए ।

लखनाउका लागि मोहसिन खान, यश ठाकुर तथा म्याट हेनरीले समान एक एक विकेट लिए ।

यस संस्करणमा यि दुई टोलीबीचको यो दोस्रो खेल हो । पहिलो खेलमा लखनाउले चेन्नईलाई पराजित गरेको थियो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy