गायकवाड शतकबाट चुक्दा हैदराबादले पायो २१३ रनको लक्ष्य

२०८१ बैशाख १६, आईतवार २१:४२

काठमाडौं । कप्तान ऋतुराज गायकवाड शतकबाट २ रनले चुक्दा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई २ सय १३ रनको लक्ष्य दिएको छ ।

घरेलु मैदान एम ए चिदम्बरम क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय १२ रन बनायो ।

चेन्नईका लागि कप्तान ऋतुराज गायकवाड र ड्यारिल मिचलले अर्धशतकीय ईनिङ खेले । गायकवाडले ५४ बलमा १० चौका र ३ छक्काको सहयोगमा ९८ रनको अर्धशतकीय ईनिङ खेले । आइपीएल करियरको दोस्रो शतक बनाउँन गायकवाडले २ रनले चुकेका थिए । मिचेलले ३२ बलमा ७ चौका र १ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ खेले ।

मिचेल र गायकवाडले दोस्रो विकेटका लागि ६४ बलमा १ सय ७ रनको महत्वपूर्ण शतकीय साझेदारी गरेका थिए ।

शिभम दुबेले २० बलमा १ चौका र ४ छक्काको सहयोगमा अविजित ३९ रन बनाए । तेस्रो विकेटका लागि दुबे र गायकवाडले ३५ बलमा ७४ रनको साझेदारी गरेका थिए ।

हैदराबादका लागि टि नटराजन, जयदेव उन्नादकड र भुवनेश्वर कुमारले समान एक एक विकेट लिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy