आइपीएल : चेन्नई र गुजरात खेल्दै

२०८१ बैशाख २८, शुक्रबार १२:३७

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गतको ५९ औं खेलमा आज चेन्नई सुपर किंग्स र गुजरात टाईटन्सबीच खेल हुदैछ ।

गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजेदेखि शुरु हुदै छ ।

जारी आइपीएलमा एघार खेलमा छमा जित तथा पाँचमा हार व्यहोरेको चेन्नई १२ अंकका साथ चौथो स्थानमा छ । एघार खेल खेलेको गुजरात चारमा जित तथा सात खेलमा हार व्यहोरेर छ अंकका साथ पुछारमा छ ।

आइपीएल इतिहासमा यि दुई टोली छ पटक आमने सामने भएका छन् । तीन खेलमा चेन्नई विजयी हुँदा समान तीन खेल नै गुजरातले जितेको छ । यसै सिजन भएको भेटमा चेन्नईले गुजरातलाई पराजित गरेको थियो ।

दश टोलीको सहभागीता रहेको लिगमा कोलकाता नाइटराईडर्स शीर्ष स्थानमा छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy