लखनाउमाथि दिल्लीको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ६४ औं खेलमा लखनाउ सुपर जायन्ट्समाथि दिल्ली क्यापिटल्स विजयी भएको छ ।

लिग चरणको आफ्नो अन्तिम खेलमा घरेलु मैदानमा भएको खेलमा दिल्ली १९ रनले विजयी भएको हो ।

दिल्लीले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको लखनाउले ९ विकेटको गुमाएर १ सय ८९ रन मात्र बनाउन सक्यो ।

लखनाउका लागि निकोलस पुरनले २७ बलमा ६ चौका र ४ छक्का सहित ६१ रनको अर्धशतकीय ईनिङ खेले । अर्षद खानले ३३ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ५८ रनको अर्धशतकीय ईनिङ खेले । क्रुनाल पण्ड्याले १८ तथा युधवीर सिंहले १४ तथा क्विन्टन डी ककले १२ रन जोडे ।

दिल्लीका लागि ईशान्त शर्माले ३ विकेट लिए । खलिल अहमद, अक्षर पटेल, मुकेश कुमार, कुलदीप यादव ट्रिस्टन स्टब्सले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेटको गुमाएर २ सय ८ रन बनाएको थियो ।

दिल्लीका लागि अभिषेक पोरेलले ३३ बलमा ५८ रन तथा ट्रिस्टन स्टब्सले २५ बलमा ५७ रन जोडे । साई होपले ३८ तय ऋषभ पन्तले ३३ रन बनाए ।

लखनऊका नवीन उल हकले २ तथा अर्शद खानले र रवि विश्नोइले १/१ विकेट लिए ।

दिल्लीले १४ खेलमा १४ अंक बटुलेको छ । लखनाउको भने एक खेल बाँकी रहँदै १२ अंक छ ।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]