काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपको पन्ध्रौं खेलमा बंगलादशलाई जितका लागि श्रीलंकाले १ सय २५ रनको लक्ष्य दिएको छ ।
अमेरिकाको डालसमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २४ रन बनाएको हो ।
श्रीलंकाका लागि ओपनर पथुम निशंकाले २८ बलमा ४७ तथा धनन्जय डा शिल्भाले २६ बलमा २१ रन बनाए ।
बंगलादेशका लागि रिषभ होसेन र मुस्ताफिजुर रहमानले समान तीन तीन तथा तस्कीन अहमदले दुई विकेट लिए ।
