अर्धशतक बनाउने पहिलो नेपाली क्रिकेटर

सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेटमा कदम चालेको नेपाली क्रिकेट टिमले पनि आफ्नो पहिलो सहभगितासंगै बिभिन्न रेकर्डहरु राख्दै गयो।रेकर्डहरु मध्ये पनि केहि रेकर्ड निकै बिशेष हुने गर्दछन् र त्यस्तै रेकर्ड राख्ने मध्येका एक भाग्यमानी नेपाली खेलाडी हुन् पवन अग्रवाल

नेपाली रास्ट्रीय क्रिकेट टिमको प्रथम अधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिता एसीसी ट्रफी १९९६ मा नेपाली क्रिकेट टिमको सदस्य रहेका पवन अग्रवालले नेपालको लागि पहिलो अर्धशतक प्रहार गर्ने खेलाडी हुने सौभाग्य पाएका थिए। 

मलेसियामा सम्पन्न १९९६ एसीसी ट्रफी प्रतियोगितामा नेपाली क्रिकेट टिमको कुनै पनि ब्याट्सम्यानहरुले पहिलो तिन खेलसम्म अर्धशतकीय इनिंग खेल्न सकेका थिएनन् जुन ब्याट्सम्यानले प्रतियोगितामा अर्धशतक प्रहार गर्न सक्थ्यो त्यही खेलाडीले नेपाली सिनियर रास्ट्रिय क्रिकेट टिमको लागि पहिलो अर्धशतक प्रहार गर्ने खेलाडीको सौभाग्य प्राप्त गर्ने मौका थियो

नेपाली टिमले प्रतियोगितामा आफ्नो पहिलो खेल बंगलादेशसंग पराजय बेहोरेको थियो भने दोश्रो खेलमा जापानलाई ८ विकेटले पराजित गर्दै पहिलो अन्तर्राष्ट्रिय जित दर्ता गरेको थियो तेश्रो खेलमा फिजीसंग १२३ रनको अन्तरले पराजय बेहोरेपछि नेपाल आफ्नो चौथो खेलमा प्रतिस्पर्धा गर्दै थियो ब्रुनाईसंग

Pawan Agrawal
Pawan Agrawal

केलब अमान मैदानमा भएको उक्त खेलमा नेपालले ब्रुनाईलाई पराजित गर्न त सफल भयो नै पवन अग्रवालले खेलमा ८० रनको इनिंग खेल्दै नेपाली रास्ट्रीय क्रिकेट टिमको पहिलो अर्धशतक प्रहार गर्ने सौभाग्यशाली खेलाडी बन्न समेत सफल भए

उक्त खेलमा ६४ रनले बिजयी भएको नेपाली टिमले पहिलो इनिंगमा ब्याटिंग गर्दै १७१ रन बनाएको थियो प्रतिउत्तरमा मनिसराज पाण्डे र मुशरफ इजहरले ३/३ विकेट हात पारेपछि ब्रुनाई १०७ रनमै अलआउट हुनपुगेको थियो

ब्रुनाईसंग अर्धशतक प्रहार गरेपछि नेपालको लागि सर्वाधिक रन प्रहार गर्ने खेलाडीको किर्तिमान पनि आफ्नो बनाएका अग्रवालको रेकर्ड सन् २००० को एसीसी ट्रफीमा माल्दिभ्स बिरुद्ध ९० रनको इनिंग खेल्दै किरन अग्रवालले आफ्नो नाम गरेका थिए। 

नेपालको लागि पहिलो शतक बनाउने खेलाडी भने राजु खड्का हुन्। सन् २००३ मा नेपालमा सम्पन्न एसीसी इमर्जिङ्ग नेसन्स प्रतियोगितामा खड्काले भुटान बिरुद्ध शतक प्रहार गरेका थिए। उक्त खेलमा दायाँ हाते ब्याट्सम्यान खड्काले ५० बलमा अविजित १०५ रन बनाएका थिए जुन क्रममा १४ चौका र ४ छक्का हिर्काएका थिए।

१९९६ एसीसी ट्रफीको समुह चरणबाट बाहिरिने क्रममा नेपालले खेलेको ५ खेल मध्ये जापान र ब्रुनाईसंग जित हात पारेको थियो भने बंगलादेश, फिजी र हंगकंगसंग पराजित हुन पुगेको थियो। उक्त प्रतियोगिता बंगलादेशले युएईलाई पराजित गर्दै जितेको थियो।

पहिलो अर्धशतकको किर्तिमान कायम गरेका अग्रवालले सन् २००० को एसीसी ट्रफीमा नेपाली क्रिकेट टिमको कप्तानी गरेका थिए अन्तिम पटक सन् २००१ आईसीसी ट्रफी ( डिभिजन-२ ) खेलेका अग्रवाल बिनयराज पाण्डेको कार्यकालमा नेपाल क्रिकेट संघको सदस्य पनि भएका थिए। अग्रवाल हाल नेपालमै बैंकिङ क्षेत्रमा कार्यरत छन्। 

( फिचर फोटो :- १९९६ एसीसी ट्रफीमा ब्याटिंग गर्न जाँदै पवन अग्रवाल र मनिसराज पाण्डे फोटो – पवन अग्रवाल फेसबुक )





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]