जन्मदिन बिशेष : ज्ञानेन्द्र मल्लका ५ रोचक तथ्यहरु

नेपाली क्रिकेट टिमका उपकप्तान तथा कलात्मक ब्याट्सम्यान ज्ञानेन्द्र मल्लको आज जन्मदिन परेको छ  । सोहि अवसरमा नेपाली क्रिकेट टिमका प्रतिभाशाली ब्याट्सम्यान मल्लको बारेमा रोचक तथ्य तपाईहरु सामु प्रस्तुत गरेका छौ  ।

सुरुवातमै गजब

रास्ट्रिय क्रिकेट टिमको लागि खेल्नु अघि ज्ञानेन्द्र मल्लले नेपालको १५ बर्ष मुनि क्रिकेट टिमको प्रतिनिधित्व गरेका थिए  । सन् २००५ को एसीसी यु-१५ कपमा नेपालको प्रतिनिधित्व गरेका मल्लले पहिलो खेल ११ अप्रिल २००५ मा कतारसंग खेलेका थिए  । पहिलो खेलमै अविजित १७ रन बनाएका थिए  ।

उक्त प्रतियोगितामा नेपालले जित्दा मल्लले ५०.५० को औषतमा रन बनाएका थिए जसअन्तर्गत सेमीफाईनल खेलमा युएईसंग अविजित ७३ रन बनाउदै म्यान अफ द म्याच समेत चुनिएका थिए ।

दक्षिण अफ्रीकालाई पराजित गर्दा उत्कृस्ट ब्याटिंग

श्रीलंकामा सम्पन्न यु-१९ बिश्वकप २००६ को प्लेट च्याम्पियनशिपको सेमीफाईनल अन्तर्गत दक्षिण अफ्रीकालाई नेपालले २ रनले पराजित गर्दा मल्लले अविजित ४६ रन बनाएका थिए । ओपनर कनिस्क चौगाईले ५९ रन बनाएको खेलमा चौथो नम्बरमा ब्याटिंग गर्न आएका मल्लको उत्कृस्ट ब्याटिंग मदतले नेपालले १०६/३ को स्थितिबाट २१४ रनको स्कोर खडा गरेको थियो ।

उत्कृस्ट टिम संग पहिलो अर्धसतक

२००५ मा यु-१५ रास्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरेपछि सोहि बर्ष यु-१७ र यु-१९ रास्ट्रिय क्रिकेट टिमको लागि खेलेका मल्लले यु-१९ बिश्वकप २००६ मा राम्रो प्रदर्शन गरेपछि सिनियर टिममा स्थान बनाए  ।

नामिबियासंग आईसीसी इन्टरकन्टिनेन्टल कप २००६ ( ४ दिने ) मा रास्ट्रिय टिमको प्रतिनिधित्व गरेका मल्लले त्यस खेलको दोश्रो इनिंगमा अविजित १६ रन बनाएका थिए ।

त्यसपछि स्टार पाकिस्तानी खेलाडीहरुले भरिएको पाकिस्तान क्रिकेट एकेडेमीसंग नेपालको प्रतिनिधित्व गरेका मल्लले दोश्रो खेलमा अविजित ७८ रन बनाउदै सिनियर टिमको लागि पहिलो अर्धशतक बनाएका थिए । उक्त पाकिस्तान क्रिकेट एकेडेमी टिममा अनवर अलि, फवाद आलम , खुर्रम मन्जुर, नासिर जम्सेद जस्ता खेलाडी पाकिस्तान रास्ट्रिय क्रिकेट टिमको लागि खेलीसकेका खेलाडी समेत थिए  ।

अन्तर्राष्ट्रिय खेलमा भने मल्लले एसीसी ट्रफी २००६ मा कुवेतसंग पहिलो अर्धशतक ( ७९ रन ) बनाएका थिए र म्यान अफ द म्याच समेत चुनिएका थिए  ।

६ बलमा ६ चौका , सबैभन्दा छिटो अर्धसतक

सन् २०१२ को एसीसी ट्रफी इलाइट प्रतियोगितामा साउदी अरबसंग ज्ञानेन्द्र मल्लले अचम्मको कारनामा गरे  । खेलको दशौं ओभरमा मोहम्मद नदीमको ओभरको सबै बललाई बाउन्ड्री पार गराउदै मल्ल उक्त काम गर्ने पहिलो नेपाली खेलाडी बने ।

सोहि इन्निंगमा १७ बलमै अर्धशतक पुरा गर्दै मल्लले सबैभन्दा छिटो अर्धसतक प्रहार गर्ने नेपाली खेलाडी समेत बनेका थिए । खेलमा मल्लले अविजित ६१ रन बनाउदा २३ बलको सामना गरि १३ चौका र १ छक्का प्रहार गरेका थिए । खेल नेपालले ९ विकेटले जितेको थियो ।

२०१४ मा पहिलो शतक

२००६ मा रास्ट्रिय टिमको लागि पहिलो खेल खेलेका मल्लले आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतकको लागि ८ बर्ष कुर्नु पर्यो  । मलेसियामा सम्पन्न सन् २०१४ को डीभिजन-३ प्रतियोगितामा मल्लले सिंगापुरसंग उक्त सफलता हाँसिल गरे  ।

खेलमा पहिले ब्याटिंग गरेको नेपालको लागि तेश्रो नम्बरमा आउदै मल्लले ११४ रनको इनिंग खेल्दै शतक प्रहार गर्ने सातौ नेपाली खेलाडी भएका थिए  । उनले १२५ बलको उक्त इनिंगमा १७० मिनेट ब्याटिंग गर्दै १३ चौका र १ छक्का प्रहार गरेका थिए  । नेपालको लागि एकै खेलमा सर्बाधिक रन बनाउने लिस्टमा सुबास खकुरेल ( ११५ ) पछि मल्ल दोश्रो नम्बरमा छन्  ।

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy