जन्मदिन बिशेष : ज्ञानेन्द्र मल्लका ५ रोचक तथ्यहरु

Gyanendra Malla

नेपाली क्रिकेट टिमका उपकप्तान तथा कलात्मक ब्याट्सम्यान ज्ञानेन्द्र मल्लको आज जन्मदिन परेको छ  । सोहि अवसरमा नेपाली क्रिकेट टिमका प्रतिभाशाली ब्याट्सम्यान मल्लको बारेमा रोचक तथ्य तपाईहरु सामु प्रस्तुत गरेका छौ  ।

सुरुवातमै गजब

रास्ट्रिय क्रिकेट टिमको लागि खेल्नु अघि ज्ञानेन्द्र मल्लले नेपालको १५ बर्ष मुनि क्रिकेट टिमको प्रतिनिधित्व गरेका थिए  । सन् २००५ को एसीसी यु-१५ कपमा नेपालको प्रतिनिधित्व गरेका मल्लले पहिलो खेल ११ अप्रिल २००५ मा कतारसंग खेलेका थिए  । पहिलो खेलमै अविजित १७ रन बनाएका थिए  ।

उक्त प्रतियोगितामा नेपालले जित्दा मल्लले ५०.५० को औषतमा रन बनाएका थिए जसअन्तर्गत सेमीफाईनल खेलमा युएईसंग अविजित ७३ रन बनाउदै म्यान अफ द म्याच समेत चुनिएका थिए ।

दक्षिण अफ्रीकालाई पराजित गर्दा उत्कृस्ट ब्याटिंग

श्रीलंकामा सम्पन्न यु-१९ बिश्वकप २००६ को प्लेट च्याम्पियनशिपको सेमीफाईनल अन्तर्गत दक्षिण अफ्रीकालाई नेपालले २ रनले पराजित गर्दा मल्लले अविजित ४६ रन बनाएका थिए । ओपनर कनिस्क चौगाईले ५९ रन बनाएको खेलमा चौथो नम्बरमा ब्याटिंग गर्न आएका मल्लको उत्कृस्ट ब्याटिंग मदतले नेपालले १०६/३ को स्थितिबाट २१४ रनको स्कोर खडा गरेको थियो ।

उत्कृस्ट टिम संग पहिलो अर्धसतक

२००५ मा यु-१५ रास्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरेपछि सोहि बर्ष यु-१७ र यु-१९ रास्ट्रिय क्रिकेट टिमको लागि खेलेका मल्लले यु-१९ बिश्वकप २००६ मा राम्रो प्रदर्शन गरेपछि सिनियर टिममा स्थान बनाए  ।

नामिबियासंग आईसीसी इन्टरकन्टिनेन्टल कप २००६ ( ४ दिने ) मा रास्ट्रिय टिमको प्रतिनिधित्व गरेका मल्लले त्यस खेलको दोश्रो इनिंगमा अविजित १६ रन बनाएका थिए ।

त्यसपछि स्टार पाकिस्तानी खेलाडीहरुले भरिएको पाकिस्तान क्रिकेट एकेडेमीसंग नेपालको प्रतिनिधित्व गरेका मल्लले दोश्रो खेलमा अविजित ७८ रन बनाउदै सिनियर टिमको लागि पहिलो अर्धशतक बनाएका थिए । उक्त पाकिस्तान क्रिकेट एकेडेमी टिममा अनवर अलि, फवाद आलम , खुर्रम मन्जुर, नासिर जम्सेद जस्ता खेलाडी पाकिस्तान रास्ट्रिय क्रिकेट टिमको लागि खेलीसकेका खेलाडी समेत थिए  ।

अन्तर्राष्ट्रिय खेलमा भने मल्लले एसीसी ट्रफी २००६ मा कुवेतसंग पहिलो अर्धशतक ( ७९ रन ) बनाएका थिए र म्यान अफ द म्याच समेत चुनिएका थिए  ।

६ बलमा ६ चौका , सबैभन्दा छिटो अर्धसतक

सन् २०१२ को एसीसी ट्रफी इलाइट प्रतियोगितामा साउदी अरबसंग ज्ञानेन्द्र मल्लले अचम्मको कारनामा गरे  । खेलको दशौं ओभरमा मोहम्मद नदीमको ओभरको सबै बललाई बाउन्ड्री पार गराउदै मल्ल उक्त काम गर्ने पहिलो नेपाली खेलाडी बने ।

सोहि इन्निंगमा १७ बलमै अर्धशतक पुरा गर्दै मल्लले सबैभन्दा छिटो अर्धसतक प्रहार गर्ने नेपाली खेलाडी समेत बनेका थिए । खेलमा मल्लले अविजित ६१ रन बनाउदा २३ बलको सामना गरि १३ चौका र १ छक्का प्रहार गरेका थिए । खेल नेपालले ९ विकेटले जितेको थियो ।

२०१४ मा पहिलो शतक

२००६ मा रास्ट्रिय टिमको लागि पहिलो खेल खेलेका मल्लले आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतकको लागि ८ बर्ष कुर्नु पर्यो  । मलेसियामा सम्पन्न सन् २०१४ को डीभिजन-३ प्रतियोगितामा मल्लले सिंगापुरसंग उक्त सफलता हाँसिल गरे  ।

खेलमा पहिले ब्याटिंग गरेको नेपालको लागि तेश्रो नम्बरमा आउदै मल्लले ११४ रनको इनिंग खेल्दै शतक प्रहार गर्ने सातौ नेपाली खेलाडी भएका थिए  । उनले १२५ बलको उक्त इनिंगमा १७० मिनेट ब्याटिंग गर्दै १३ चौका र १ छक्का प्रहार गरेका थिए  । नेपालको लागि एकै खेलमा सर्बाधिक रन बनाउने लिस्टमा सुबास खकुरेल ( ११५ ) पछि मल्ल दोश्रो नम्बरमा छन्  ।





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]