मित्रता दिवस बिशेष: नेपाली क्रिकेट टिमका बेस्ट फ्रेन्डहरु

  • विकेटनेपाल, २०१४ अगस्ट

क्रिकेट खेल आफैमा समुहमा खेलिने खेल त्यसमाथि दसौ बर्ष एकै टोलिबाट लामो समय संगै बिताउने खेलाडीहरु घर-परिवार भन्दा बढी खेलाडी साथीहरुसंग समय बिताउनु पर्ने हुन्छ l ब्याटिंग गर्दा क्रिजमा होस् या बलिंग गर्दा फिल्डमा, ड्रेसिंग रुममा बिताउनु पर्ने लामो समय होस् या लगातारको अभ्यास, खाना खाँदा होस् या खाजा, प्लेनमा होस् या बसमा, स्विमिंग पुलमा अथवा जिममा लगातार खेलाडीहरुले एक-अर्कासंग निकै समय बिताएका हुन्छन् l

घरपरिवारबाट टाढा रहँदै गर्दा, आफ्नाहरुको याद गर्दा, पिडा होस् या खुसि ब्यक्त गर्न खेलाडीहरुले पनि साथ खोज्ने गर्छन् l कहिले यात्रामै पर्ने जन्मदिन त कहिले बिशेष पर्बहरु खेलाडीहरुले आफु-आफु बीचमै ति सब कुराहरुलाई उत्सब बनाउने गर्छन् l यही क्रममा खेलाडी खेलाडी बीच आत्मीय सम्बन्ध बन्ने गर्छ भने कोहि खेलाडीहरुले त आफ्नो सम्बन्ध निकै प्रगाढ बनाउने गर्छन् l

नेपाली क्रिकेट टिम पनि यी सबै कुराहरुबाट पर छैन l मित्रता दिवसको अवसरमा प्रस्तुत गरेका छौ नेपाली क्रिकेट टिमका घनिष्ट मानिने मित्रहरुको यो सुची l धन्यवाद ! सुनम गौतम जसले नेपाली टिममा आफुले देखेका घनिष्ठ मित्रहरुबारे यो लेख तयार गर्न सहयोग गर्नुभयो l

ज्ञानेन्द्र मल्ल – बिनोद भण्डारी

ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारी दुवैजना निकै कम बोल्ने खेलाडी तथा मिडियामा आउन नरुचाउने खेलाडीको रुपमा चिनिने गर्छन् l निकै सोझा र आफ्नो कुरा गोप्य राख्न मन पराउने यी दुवै खेलाडीहरु प्राय शान्त बस्न मन पराउने गर्छन् l स्वभाबले शान्त तर धुँवाधार ब्याटिंग गर्ने यी खेलाडीहरु आफ्नो खेल जस्तै मिल्ने साथीहरु हुन् l

मेहबुब आलम – राजकुमार प्रधान

मेहबुब आलम र राजकुमार प्रधान दुवै बिराटनगरको लागि खेल्ने खेलाडी l एसीसी प्रिमियर लिग २०१४ मा नेपाली रास्ट्रिय टिममा कमब्याक गरेका यी दुई खेलाडी निकै मिल्ने साथीको रुपमा चिनिने गर्छन l नेपाली क्रिकेट टिमकै सबैभन्दा रमाइलो मानिने राजकुमार प्रधान क्रिकेट साथीहरुमा “बेबी” नामले बोलाईने गरिन्छन् जसको नाम जस्तै स्वभाब पनि “बेबी” नै छ l उमेरले ३५ को वरीपरि रहेपनि बच्चा जस्तै स्वभाब रहेका राजकुमार र मेहबुब टिममा रहंदा एउटै रुम मात्रै हैन प्राय संगै रहनेपनि गर्छन् l

पारस खड्का – बसन्त रेग्मी

नेपाली क्रिकेट टिम यो उचाई सम्म आउन यदी सबैभन्दा बढी कसैको योगदान छ भने त्यसमा कप्तान पारस खड्का र बसन्त रेग्मीको नाम छुट्नै सक्दैन l मुस्किल परिस्थिति बाट नेपाललाई जिताउन सक्ने, निडर स्वभाब, साचो कुरा बोल्न नडराउने तथा मैदानमा शत-प्रतिशत योगदान दिनको लागि चिनिने पारस र बसन्त मैदान भित्र जस्तै बाहिर पनि निकै मिल्ने साथीहरु हुन् l नेपाली क्रिकेट टिमका लिडर पारस र बसन्त होटल रुममा संगै बस्न तथा आफ्नो कुराहरु साट्न मनपराउने गर्छन् भने पार्टीहरुमा गाना गाउन र नाच्न सबैभन्दा अघि हुनेगर्छन् l

सन्जम रेग्मी – शक्ति गौचन

भनिन्छ नेपाली क्रिकेट टिमका इन्साइक्लोपेडिया मानिने सन्जम रेग्मीलाई थाहा नभएको बिषय केहि छैन l सन्जम रेग्मी बिनाको ड्रेसिंग रुमनै खल्लो हुने बताउने खेलाडीहरुलाई सन्जम र शक्ति गौचनको झगडा ! निकै याद आउछ l धेरै बिषयको ज्ञान भएका सन्जमलाई तह लगाउने शक्ति गौचन मात्रै हुन् त्यसैले दुई जनाको झगडा सबै खेलाडीहरुको प्रिय बन्ने गर्छ l भनिन्छ मिल्नेहरुनै झगडा गर्छन् र सन्जम-शक्तिको पनि कुरा त्यस्तै छ l नेपाली टिममा मिल्ने साथीहरु को भनेर सोध्दा यी दुईको नाम अगाडीनै आउने गर्छ l

सुबास खकुरेल – सुनम गौतम

नेपाली क्रिकेट टिमका शतकधारी प्रारम्भिक ब्याट्सम्यान सुबास खकुरेल र हाल अस्ट्रेलियामा ब्यबसायिक क्रिकेट खेलीरहेका सुनाम गौतम निकै घनिष्ट मित्रको रुपमा चिनिने गर्छन् l हाल अस्ट्रेलियामा रहेपनि सुबास र सुनाम एकअर्काको नजिक रहने गर्छन् l करिब डेढ बर्ष अघि अस्ट्रेलिया पुगेका सुनाम र सुबास एकअर्कासंग आफ्नो दुख:सुख साट्ने तथा आफ्नो सबैकुराहरु एकअर्कालाई भन्ने गर्छन् l एकअर्काको सफलतामा खुसि हुने यी दुईको मित्रता उदाहरणनीय मानिने गर्छ l

राहुल बिक – अविनाश कर्ण

धेरै बोल्न मन पराउने अविनाश कर्ण र राहुल बिक पनि मिल्ने साथी मानिने गर्छन् l प्राय: होटल रुममा गफिन निकै रुचाउने अविनाश र राहुल लडाई-झगडा गर्न पनि अगाडीनै हुनेगर्छन् l

सागर पुन – पृथु बास्कोटा

यु-१५ रास्ट्रिय क्रिकेट टिम देखि सिनियर रास्ट्रिय टिमसम्म संगै खेलेका यी दुई खेलाडीहरुले निकै समय संगै बिताएका छन् l आफ्नो उमेर समुह र संघर्ष संगै गरेका यी दुई पनि मिल्ने साथीहरुको रुपमा चिनिन्छन् l

प्रदिप ऐरी – भुवन कार्की

सुदुरपश्चिमको प्रतिनिधित्व गर्ने यी दुई खेलाडी पनि मिल्ने साथीको रुपमा चिनिन्छन् l प्रदिप र भुवन ले पनि यु-१५ रास्ट्रिय टिम देखि सिनियर रास्ट्रिय टिम सम्म यात्रा गरेका हुन् जो काठमाडौँमा पनि संगै बस्ने गर्छन् l

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy