सन्दिप लामिछानेबारे रोचक १४ तथ्यहरु – जन्मदिन बिशेष

sandeep lamichhane
  • विकेटनेपाल, साउन १८

आज नेपाली रास्ट्रिय क्रिकेटर सन्दिप लामिछानेको जन्मदिन l छोटो समयमै नेपाली क्रिकेट प्रेमीहरुका ढुकढुकी बन्न सफल लेग स्पिनर लामिछानेको जन्मदिनको यो बिशेष अवसरमा विकेटनेपालको तर्फबाट उनिबारे रोचक १४ तथ्यहरु पस्किएका छौ l

 

१. सन्दिपको जन्म स्यांजाको आरुचौर-तालपोखरीमा आज भन्दा १७ बर्ष अघि भएको थियो l सानोमै भारतीय रेलवेमा जागिरे आफ्नो बाबु चन्द्र नारायण लामिछानेसंग सन्दिप पढाईको लागि भारत पुगेका थिए l भारत ४ कक्षासम पढ्ने क्रममा बस्दा सन्दिपको क्रिकेट खेलसंग परिचय भएको थियो l

२. सन्दिपले चितवनको नारायणगढ स्थित क्याम्पसचौरमा रहेको चितवन क्रिकेट एकेडेमीमा क्रिकेट सिकेका हुन् l उनलाई त्यहाँ पुर्ब रास्ट्रिय क्रिकेटर राजु खड्काले क्रिकेट सिकाएका थिए l

३. रास्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायके चितवनमा १ दिने प्रशिक्षणको लागि पुग्दा सन्दिपको बलिंगबाट एकै नजरमा प्रभावित भएका थिए l जसपछि आईसीसी बिश्व क्रिकेट लिग अन्तर्गत युएईसंगको खेलको लागि रास्ट्रिय क्रिकेट टिमको छनौट गर्न आयोजित सुपर लिगमा सन्दिपलाई खेल्ने मौका दिईएको थियो l सुपर लिग अन्तर्गत एक खेलमा सन्दिपले ४ विकेट लिएका थिए l

४. सुपर लिगमा राम्रो प्रदर्शन गरेपछि बंगलादेश यु-१९ बिश्वकप २०१६ खेल्ने टिममा सन्दिप छनौट भएका थिए l यु-१९ विश्वकप २०१६ मा सन्दिप प्रतियोगिताकै सर्बाधिक विकेट लिने सुचीमा १४ विकेट सहित दोश्रो स्थानमा थिए l आईसीसीले सन्दिपलाई उक्त यु-१९ बिश्वकपको उत्कृस्ट ११ क्रिकेटरको सुचीमा समेत परेका थिए l

५. सन्दिपले बंगलादेश यु-१९ बिश्वकप २०१६ मा आयरल्याण्डसंग ह्याट-ट्रिक सहित ५ विकेट लिएका थिए l

पारस खड्का सन्दिपलाई रास्ट्रिय क्रिकेट टिमको क्याप प्रदान गर्दै , साथमा प्रशिक्षक पुबुदु दासानायके

 

६. बंगलादेश यु-१९ बिश्वकपमा सन्दिपको लेग स्पिनले निकै टर्न लिएपछि कमेन्टेटरहरुले उनलाई शेनवार्नसंग तुलना गरेका थिए l त्यसबखत बीबीसी लगायत अन्तर्राष्ट्रिय मिडियाले उनलाई नेपाली शेन वार्न भनेर समाचार लेखेका थिए l

७. यु-१९ बिश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि सन्दिपले २०१६ अप्रिलमा नेपालमा सम्पन्न नामिबियासंगको आईसीसी बिश्व क्रिकेट लिग म्याचमा नेपाली रास्ट्रिय क्रिकेट टिमको लागि खेल्ने मौका पाएका थिए l त्यसपछि सन्दिप रास्ट्रिय टिमको लागि लगातार खेलीरहेका छन् l

८. रास्ट्रिय क्रिकेट टिमको लागि डेब्यु गरेपछि सन्दिपले हंगकंगलाई घरेलु टि-२० प्रतियोगिता हंगकंग टि-२० ब्लीटज २०१६ खेल्न बोलाईएको थियो l त्यहाँ उनले अस्ट्रेलियन पुर्ब कप्तान माईकल क्लार्कसंग काउलुन क्यान्टोन क्लबबाट खेल्ने मौका पाएका थिए l

Sandeep Lamichhane
अस्ट्रेलियामा क्लार्कसंग सन्दिप

 

९. हंगकंगमा क्लार्कसंग एकै टिममा खेल्न पाएका सन्दिपको प्रदर्शनबाट प्रभावित भएका सन्दिपलाई क्लार्कले अस्ट्रेलियामा आफ्नो एकेडेमीबाट खेल्ने प्रस्ताब दिएका थिए l

१०. माइकल क्लार्कको निम्तोमा सन्दिप सेप्टेम्बर २०१६ मा अस्ट्रेलिया पुगेका थिए l अस्ट्रेलिया पुग्ने क्रममा सन्दिपलाई स्वागत गर्न क्लार्क स्वयम् एअरपोर्ट पुगेका थिए l उनलेले अस्ट्रेलियामा वेस्टर्न सबर्ब क्लबबाट न्यु साउथ वेल्स प्रिमियर प्रथम श्रेणी क्रिकेट खेलेका थिए l विस्तृतमा पढ्नुस

११. साढे २ महिना अस्ट्रेलिया बसाइँको क्रममा सन्दिप लामिछानेलाई क्लार्कले आफ्नो फेसबुक मार्फत प्रत्यक्ष कुराकानी गर्न निम्त्याएका थिए l जुन क्रममा क्लार्कले सन्दिपको प्रशंशा गरेका थिए l विस्तृतमा पढ्नुस

यु-१९ एसिया बिश्वकप छनौटमा सन्दिपले ६ खेलमा कुल २४ विकेट लिंदै प्रतियोगिताकै उत्कृस्ट खेलाडी घोषित भएका थिए l

 

१२. सन्दिपलाई २०१६ डिसेम्बरमा श्रीलंकामा सम्पन्न यु-१९ एसिया कपमा नेपाली टिमको कप्तान बनाईएको थियो l त्यसपछि उनले २०१७ एसिया यु-१९ बिश्वकप छनौटमा पनि नेपाली टिमको कप्तानी गरे l विस्तृतमा पढ्नुस

१३. २०१७ यु-१९ एसिया बिश्वकप छनौटमा सन्दिपले ६ खेलमा कुल २४ विकेट लिंदै प्रतियोगिताकै उत्कृस्ट खेलाडी घोषित भएका थिए l २४ विकेट लिंदै उनि नेपालको लागि एकै प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने खेलाडी खेलाडी बन्नपुगेका थिए l विस्तृतमा पढ्नुस

१४. सन्दिपलाई २०१७ फेब्रुअरीमा चर्चित बेलायती क्रिकेट म्यागजिन अलआउट क्रिकेटले बिश्वकै उत्कृस्ट युवा क्रिकेटरहरुको सुचीमा सामेल गरेको थियो l विस्तृतमा पढ्नुस    

सन्दिप लामिछाने सम्बन्धित अन्य समाचार – 





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]