के छ सन्दिप लामिछानेको हालखबर ?

Sandeep Lamichhane

अस्ट्रेलियन क्रिकेट टिमका पुर्ब कप्तान माइकल क्लार्कको निम्तोमा अस्ट्रेलियामा क्रिकेट खेल्दै र सिक्दै गरेका सन्दिप लामीछाने पछिल्लो समय बारम्बार चर्चामा आउने खेलाडीमा पर्छन् l यु-१९ बिश्वकपमा उत्कृस्ट प्रदर्शन गर्दै बिश्वभर वाहवाहि बटुली ‘नेपाली शेन वार्न’ उपनाम पाएका स्यांजाली ठिटो यतिबेला उनै शेनको धर्तिमा बल घुमाइरहेका छन् l

१६ बर्षकै उमेरमा रास्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरिसकेका लामिछाने अस्ट्रेलियामा आफ्नो सपना पुरा गर्दै छन् l अस्ट्रेलियन चर्चित लिग बिगब्यास खेल्ने सपना पछ्याउदै गरेका सन्दिप हाल न्यु साउथ वेल्स प्रिमियर ‘प्रथम श्रेणी’ क्रिकेट खेल्दै छन् l उनि हाल माइकल क्लार्कको टिम वेस्टर्न सबर्ब क्रिकेट क्लबबाट प्रत्येक सप्ताहान्त न्यु साउथ वेल्स प्रिमियर लिग खेलीरहेका छन् l

यसै क्रममा सन्दिपको अस्ट्रेलियामा प्रदर्शन, उनको अस्ट्रेलिया बसाई, माइकल क्लार्क संगको सम्बन्ध लगायत अनुभबहरु एकै ठाउँ समेटेका छौ l

सुधरिदै प्रदर्शन 

न्यु साउथ वेल्स प्रिमियर क्रिकेट, प्रथम श्रेणी ( NSW Premier Cricket – First Grade ) क्रिकेट लिग खेलीरहेका सन्दिपले प्रिमियर ग्रेडमा ४ वटा एकदिवसीय, ३ वटा दुई दिवसीय र एउटा टि-२० खेलीसकेका छन् l कुल ८ खेलमा सन्दिपले कुल ९१ ओभर बलिंग गर्दै १५ विकेट आफ्नो नाम गरिसकेका छन् l पहिलो ३ खेलमा उल्लेख्य प्रदर्शन गर्न नसकेपनि त्यसपछिको खेलहरुमा सन्दिपले निरन्तर सुधारिएको प्रदर्शन गरिरहेका छन् l

खेल नं. बिरुद्ध र फर्म्याट बलिंग स्पेल श्रेणी / प्रतियोगिता
मोसमन ( ५० ओभर ) १ विकेट ( ८-०-१७-१ ) प्रथम श्रेणी
२. रांडविक ( ५० ओभर ) ९-०-४९-० प्रथम श्रेणी
३. परामट्टा ( २ दिवसीय ) १२-०-७५-० प्रथम श्रेणी
४. नर्थ सिड्नी ( ५० ओभर ) ३ विकेट ( १०-१-३३-३ ) पोडेभिन ग्रे शिल्ड
५. सेन्ट जर्ज ( दुई दिवसीय ) ६ विकेट ( २१.१-५-६३-६ ) दोश्रो श्रेणी
६. परामट्टा ( टि-२० ) १ विकेट ( ३-०-२३-१ ) किंग्सग्रुभ स्पोर्ट्स टि-२० कप
७. ब्यांक्स्टाउन ( दुई दिवसीय ) ३ विकेट ( १८-०-१०७-३ ) प्रथम श्रेणी
८. इस्टर्न सबर्बस् ( ५० ओभर ) १ विकेट ( १०-०-३१-१ ) पोडेभिन ग्रे शिल्ड

 

क्लार्कको मन्त्र 

यही बर्ष मे महिनामा हंगकंग टि-२० ब्लिट्ज खेल्न हंगकंग पुगेका सन्दिपकै टिम ‘कउलुन’बाट माइकल क्लार्क पनि खेल्दै थिए l त्यसैक्रममा ड्रेसिंग रुम शेयर गरेका क्लार्क सन्दिपको बलिंग र सिक्ने क्षमता देखेर प्रभावित भए l हंगकंगमै क्लार्कले सन्दिपलाई अस्ट्रेलियामा मौका दिने बचन दिएका थिए l अस्ट्रेलिया पुग्दा क्लार्क स्वयम सन्दिपको स्वागतमा एअरपोर्ट पुगे जुन भिडियो उनले आफ्नो फेसबुक पेजमा समेत शेयर गर्दा सन्दिपको चर्चा बिश्वभर भयो l

त्यति मात्रै हैन आफ्नो जीवनी समेटिएको किताबको प्रचार गर्ने क्रममा प्रत्यक्ष फेसबुक भिडियो कुराकानीमा क्लार्कले सन्दिपलाई समेत सामेल गरेपछि दुई बीचको सम्बन्धको चर्चा चुलियो l अस्ट्रेलिया पुगेपछि क्लार्क स्वयम् सन्दिप संग मैदानमै उत्रिएपछि अस्ट्रेलियन मिडियामा समेत सन्दिपको हेडलाइन बन्यो l

Sandeep Lamichhane with Michael Clarke

सन्दिपमा केहि बिशेष देखेका क्लार्क संग अस्ट्रेलियामा निरन्तर सम्पर्कमा रहने गरेको सन्दिप बताऊछन् l विकेटनेपालसंग कुराकानीमा सन्दिपले क्लार्क अहिले कमेन्टेटरको भूमिकामा रहेकोले अहिले भेट नभए पनि फोनमा निरन्तर कुराकानी हुने बताए l

“मलाई वहाँ खेल बारे टिप्स दिनु हुन्छ l कसरि गेम प्लान बनाउने, स्थानीय परिस्थितिमा कसरि बलिंग गर्ने, मिडल ओभरमा कसरि बलिंग गर्ने, अन्तिमको ओभरमा कसरि बलिंग गर्ने जस्ता धेरै कुरा सिकाउनु हुन्छ”

क्लार्कबाट सिकेको सबैभन्दा महत्वपूर्ण कुरा बताऊदै सन्दिप भन्छन् “जति खेलमा रमाउन सक्छौ त्यति बढी तिमि सिक्न सक्छौ”

क्लार्कबाट आफुले धैर्यता, खेलमा रमाउने कला र मैदान भित्र र बाहिर राम्रो मान्छे समेत हुनुपर्ने सिकेको उनले बताए l

नेपाल र अस्ट्रेलियामा फरक 

अस्ट्रेलियाको घरेलु क्रिकेटको ढांचा, खेलाडीहरुले पाउने एक्सपोजर, क्रिकेटको स्तर सन्दिपले नेपाल भन्दा बिल्कुल भिन्न पाएको बताऊछन् –

“यहाँ एउटा क्लब संग समेत आफ्नो छुट्टै मैदान छ र मैदानहरु समेत स्तरीय छन्”

अस्ट्रेलियामा निरन्तर अभ्यास र एक्सपोजरको मौका रहेको बताउने सन्दिप प्रत्येक सप्ताहान्त म्याच खेल्छन् भने अरु दिन अभ्यास गर्छन् l क्लबमा अभ्यास र निरन्तर खेल खेल्ने मौकाले धेरै कुरा सिक्न पाएको सन्दिपले बताउछन् l सन्दिप बेलुका ५ बजे देखि साढे ८ बजे सम्म क्लबमा दैनिक अभ्यास गर्ने गर्छन l

फ्ल्याट पिचमा सिक्ने मौका 24legspinner2

अस्ट्रेलियामा नेपालको जस्तो बल घुम्ने पिच नभएको जसले आफ्नो बलिंगलाई धेरै मदत नगरेपनि यस्तो परिस्थितिमा कसरि बलिंग गर्ने सिक्न पाएको उनले बताए –

“यहाँको पिच फ्ल्याट ( बलरलाई कम मदत गर्ने ) छ र पिचमा बल कम टर्न हुन्छ l यस्तो परिस्थितिमा पिचको अधिकतम प्रयोग गरेर बलिंग गर्छु l यस्तो पिचले थोरै मदत गर्ने त्यसैले धेरै सोचेर बलिंग गर्नु पर्ने उनले बताए l

 

नेपाल मिस गर्छु 

हाल क्लबलेनै ब्यबस्था गरेको ठाउँमा नेपाली दाई संग ग्रानभिलेमा बसीरहेका सन्दिपलाई नेपालको यादले सताउछ l परिवारबाट टाढा बस्नु पर्दा सन्दिप आफ्ना साथी खेलाडीहरु, समर्थकहरु, सुभचिन्तकहरुलाई मिस गर्छन् l

अर्को महिना श्रीलंकामा हुने एसिया कप प्रतियोगिता अघि नेपाल फर्कन उत्साहित सन्दिप टियु मैदान र खेलाडी साथीहरु संग भेट्न आतुर भएको बताए l

अस्ट्रेलियामा भए पनि नेपाली क्रिकेट गतिविधिबारे अपडेटेट उनले नेपाली महिला क्रिकेट टिमलाई भेट्न नपाए पनि विकेटनेपाल मार्फत एसिया कप खेल्ने महिला क्रिकेट टिमलाई सुभकामना समेत दिए l

 

सम्बन्धित :- 

 





थप समाचार

इशानकाे आक्रामक शतकमा राजस्थानलाई २८७ रनको लक्ष्य

काठमाडौँ । मध्य क्रमका ब्याटर इशान किसनकाे आक्रामक शतकमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) नयाँ सिजनको पहिलो खेलमा राजस्थान […]

एपीएफ ३१ रनले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको छ। […]

कोशीविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि ३१ रनको जित हासिल गरेको छ। देउखुरी […]

लुम्बिनीविरुद्ध आर्मीको सहज जित, फाइनल प्रवेशकाे सम्भावना बलियाे

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई १३१ रनले पराजित गरेको […]

आईपीएल : हैदरावाद र राजस्थान तथा चेन्नई र मुम्बई भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई खेल हुँदै छ। आज हुने पहिलाे खेल सनराइजर्स हैदरावाद र राजस्थान […]

बैंगलुरुको विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ। शनिबार भएको उद्घाटन खेलमा कोलकोता नाइट […]