Nepal T20 : भारतलाई यु-१९ विश्वकप जिताएका चन्द लुम्बिनीबाट खेल्ने

२०७९ पुष ३, आईतवार १९:३३

डिसेम्बर २३ तारिख देखि काठमाडौँमा सुरु हुने पहिलो संस्करणको नेपाल टि-ट्वान्टी लिगमा भारतीय अन्डर-१९ राष्ट्रिय टिमका पूर्व कप्तान उन्मुक्त चन्द लुम्बिनी स्टार्सबाट खेल्ने भएका छन्।

चन्दको कप्तानीमा भारतले २०१२ को यु-१९ विश्वकप जितेको थियो जसले गत वर्ष भारतीय क्रिकेटबाट सन्यास घोषणा गर्दै अमेरिकामा क्रिकेटको भविष्य खोज्ने निर्णय लिएका थिए। चन्दले दिल्ली डेयरडेभिल्स, राजस्थान रोयल्स र मुम्बई इन्डीएन्स गरि तिन वटा आईपीएल टिमको समेत प्रतिनिधित्व गरेका थिए भने गत सिजन बिग ब्यास लिग समेत खेलेका थिए। बिग ब्यास खेल्ने उनि पहिलो भारतीय क्रिकेटर हुन्।

२९ वर्षीय चन्दले ७९ टि-ट्वान्टी खेल्ने क्रममा ३ शतक र ५ अर्धशतक मद्दतले १,६०० रन बनाएका छन्।

यो संगै लुम्बिनी अल स्टार्सले टिमका सबै विदेशी खेलाडीको घोषणा गरेको छ। आजै स्टार्सले आयरल्याण्डका ह्यारी टेक्टरलाई पनि आवद्द गरेको घोषणा गेरको थियो। टिममा रमित सिंह, बिपुल शर्मा, प्याट ब्राउन, नुवान थुसारा र लाहिरु मिलान्था जस्ता विदेशी खेलाडी छन्।

लुम्बिनीले प्रशिक्षकको रुपमा इंग्ल्यान्डका पूर्व प्रथम श्रेणी क्रिकेटर पिटर ट्रेगोलाई नियुक्त गरेको छ।

दिपेन्द्र ऐरी मार्की खेलाडी रहेको टिममा राष्ट्रिय क्रिकेटरहरु कुशल भुर्तेल, गुल्सन झा, सागर ढकाल, सुनिल धमला, अनिल शाह, इशान पाण्डे, किशोर महतो टिममा छन्।

लुम्बिनी अल स्टार्स टिम : दिपेन्द्र ऐरी, कुशल भुर्तेल, गुल्सन झा, सागर ढकाल, सुनिल धमला, अनिल शाह, इशान पाण्डे, किशोर महतो, योगेन्द्र सिंह कार्की, आकाश चन्द, उन्मुक्त चन्द हरमित सिंह, ह्यारी टेक्टर, बिपुल शर्मा, प्याट ब्राउन, नुवान थुसारा र लाहिरु मिलान्था

सम्बन्धित :

युएसए माइनर लिग : बसन्तले लिए उन्मुक्त चन्दको विकेट, पृथुको राम्रो ब्याटिंग

Nepal T20 : भिडियो मार्फत लुम्बिनी अल स्टार्सको जर्सी सार्वजनिक

Nepal T20 : वेस्टइन्डिजका विलियम्स जनकपुरमा आवद्ध

Nepal T20 : विराटनगरले भित्र्यायो पाकिस्तानी क्रिकेटर

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy