आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ।

तल्लो मूलपानी मैदानमा शनिबार सम्पन्न फाइनलमा प्यारामाउन्टले आस्थालाई ३८ रनले पराजित गरेको हो। उपाधिसँगै प्यारामाउन्टले एक लाख रुपैयाँ हात पार्‍यो। आस्थाले भने २५ हजार रुपैयाँमा चित्त बुझायो।

प्यारामाउन्टले प्रस्तुत गरेको १५३ रनको लक्ष्य पछ्याएको आस्थाले चार बल बाँकी छदा सबै विकेट गुमाएर ११५ रन मात्रै बनाउन सक्यो। आस्थाका सुगम बुढाथोकीले सर्वाधिक ६८ रन बनाए। तर, उनलाई अन्य ब्याटरले साथ दिन सकेनन्। सुयोग भट्टराईले १३ र आशिष् रानामगरले १० रनको योगदान दिँदा अन्य ब्याटर दोहोरो अंकमा रन जोड्न असफल रहे।

प्यारामाउन्टका शिव कुँवर आशुतोष पाण्डेले समान तीन विकेट हात पारे। सागर भण्डारीले दुई विकेट लिँदा सन्देश थापाको नाममा एक विकेट रह्यो।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको प्यारामाउन्टले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १५२ रनको योगफल बनाएको थियो।

प्यारामाउन्टका सन्देश पन्थीले सर्वाधिक ५३ रन बनाए। अमन बोहरा ४२, सन्देश थापा ३५ रनमा आउट हुँदा शिव कुँवर दुई रनमा अविजित रहे। आस्थाका अभिनाश सिंहले सर्वाधिक दुई विकेट लिए। सुगम बुढाथोकी र आशिष् रानामगरको नाममा समान एक विकेट रह्यो।

फाइनल खेलको ‘म्यान अफ द म्याच’ सन्देश पन्थी रहे। यस्तै, ‘क्याच अफ द म्याच’ सन्तोष गजमेयरले पाए। प्रतियोगिताको उदीयमान बलर वेस्टर्न क्रिस्टल एकेडेमीका सचिन भट्ट, उत्कृष्ट ब्याट्सम्यान आस्था कलेजका भूपालकुमार दंगाल र ‘प्लेयर अफ द सिरिज’ प्यारामाउन्टका सन्तोष थापा घोषित भए।

हाइप यति इभेन्ट्सद्वारा आयोजित प्रतियोगितामा देशभरका सात क्षेत्रीय विजेता तथा काठमाडौं छनोटको उपविजेता गरी कुल आठ टिमले सहभागिता जनाएका थिए। प्रतियोगिताको राष्ट्रिय फाइनलमा अर्किड कलेज, आस्था कलेज, मोनास्टिक कलेज, प्यारामाउन्ट कलेज, कास्की मोडर्नाइज्ड, वेस्टर्न क्रिस्टल एकेडेमी, शिक्षान्तर कलेज तथा हिमालय एकेडेमी पुगेका थिए।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]